प्रदीप ज्ञवाली भन्छन् – राजनीतिक प्रतिशोधको कानूनी र राजनीतिक दुवै ढंगले प्रतिवाद गर्छौं
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १४ शनिबार
3.1k
Shares
काठमाडौँ । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री प्रदीपकुमार ज्ञवालीले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेर ‘राजनीतिक प्रतिशोध’ साँधेको बताएका छन् । उनले सरकारका कदमहरू पूर्वाग्रही रहेको भन्दै यसको सशक्त प्रतिवाद गर्ने चेतावनी दिए ।
ज्ञवालीले एमालेविरुद्ध भइरहेका घेराबन्दीलाई चिर्न पार्टीले देशव्यापी अभियान सञ्चालन गर्नेसमेत संकेत गरे । यसबाट सत्तापक्ष र प्रतिपक्ष बीचको दूरी अझ बढ्ने देखिएको छ ।
उनले भने, ‘यो प्रतिशोध हो । यसको हामीले कानूनी र राजनीतिक दुवै ढंगले प्रतिवाद गर्छौं । हामीले आफ्नो धारणा भनिसकेका छौँ, यो राजनीतिक प्रतिशोध हो । र प्रतिशोधको कानूनी र राजनीतिक दुवै ढंगले प्रतिवाद हुन्छ ।’
बालेन सरकारले केपी ओलीलाई ज्यान सम्बन्धी कसूरमा पक्राउ गरेको छ ।