ओली र लेखक ल्याउँदा जिल्ला अदालत परिसर र बबरमहल क्षेत्रमा सुरक्षा व्यवस्था कडा [तस्बिरहरू]
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १५ आइतबार
1k
Shares
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराउँदा अदालत परिसरमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
आइतबार बिहानैदेखि अदालत परिसर र आसपासका क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । ओली र लेखकलाई प्रहरी शनिबार बिहानै पक्राउ गरेर नियन्त्रणमा राखेको छ ।
शनिबार बिहान भक्तपुरस्थित निजी निवासबाटै पक्राउ परेका उनीहलाई शनिबार बिदा परेकाले आज मात्रै कानूनी प्रक्रियाका लागि लगिएको प्रहरीले जनाएको छ।
गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा भएको मानवीय क्षतिका बारेमा छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले दिएको प्रतिवेदनका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।