बुधबार बस्दै कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १५ आइतबार
3.2k
Shares
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आगामी बुधबार बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले विज्ञप्ति जारी गरी समितिको जरुरी बैठक यही चैत १८ गते बुधबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय विपी स्मृति भवन सानेपा ललितपुरमा बस्न लागेको जानकारी दिए ।
पार्टीका केन्द्रीय सदस्य तारामान गुरुङको संयोजकत्वमा बस्न लागेको उक्त बैठकमा उपस्थिति हुनका लागि समितिका सदस्यलाई निर्देशानुसार अनुरोध गरिएको विज्ञप्तिमा उल्लेख छ ।
बैठकले चुनावी अभियानका क्रममा भएका अनुशासन अनियमितता सम्बन्धमा छलफल गर्ने बुझिएको छ ।