को को गए देउवा र कोइराला समूहको बैठकमा ? [२६ तस्बिरमा]
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १७ मंगलबार
851
Shares
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।
काठमाडौँ । नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा र नेता डा शेखर कोइराला समूहको बैठक काठमाडौँको धुम्बाराहीस्थित एक होटलमा बसेको छ ।
कांग्रेसका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आह्वान गरेको सो बैठकमा १४औँ महाधिवेशनबाट निर्वाचित देउवा-कोइराला समूहका केन्द्रीय कार्यसमितिका सदस्य तथा पदाधिकारी सहभागी भए ।
बैठकमा नेता कोइराला, निवर्तमान सहमहामन्त्रीहरू बद्री पाण्डे, जीवन परियार, महालक्ष्मी उपाध्याय ‘डिना’ एवं केन्द्रीय सदस्यहरू उपस्थिति भए । त्यसैगरी विमलेन्द्र निधी, प्रकाशमान सिंह, पूर्वमहामन्त्री डा शशांक कोइराला, एनपी साउद पनि उपस्थित भए ।
सो बैठकमा समसामयिक राजनीतिक विषयवस्तुहरुका साथै पार्टीको आन्तरिक विवाद, नेपाली कांग्रेसको आगामी १५ औँ नियमित महाधिवेशन तथा आगामी संसदमा नेपाली कांग्रेसका सांसदहरूको उपस्थिति र प्रस्तुति आदि विषयमा कुराकानी भएको जनाइएको छ ।
यो बैठक बसिरहँदा अझै पनि विशेष महाधिवेशनबाट निर्वाचित भइ चु्नावमा गएको गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई अझै नस्वीकारेको बुझ्न सकिन्छ ।
डा कोइराला, महालक्ष्मी उपाध्याय ‘डिना’, विमलेन्द्र निधी, एनपी साउद लगायतका नेताहरू थापाकै नेतृत्वमा चुनावमा गएका थिए ।
देउवा पक्ष चुनावमा खुलेको थिएन । देउवा चुनावमा नेपालमा पनि थिएनन् । उनी फागुन दोस्रो साता सिंगापुर गएपछि अहिलेसम्म फर्केका छैनन् ।