arrow

परराष्ट्रमन्त्री खनाल र मरिसस तथा सिङ्गापुरका मन्त्रीहरूबीच भेटवार्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २९ आइतबार
sishir-khanal-12.PNG

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुन मरिससको राजधानी पोर्ट लुइस पुगेका परराष्ट्रमन्त्री शिशिर खनालसँग मरिसस र सिङ्गापुरका मन्त्रीहरूले बेग्लाबेग्लै भेटवार्ता गरेका छन्।

परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनालले मरिससका विदेश, क्षेत्रीय एकीकरण तथा अन्तर्राष्ट्रिय व्यापारमन्त्री एच.ई. धनञ्जय रामफल र सिङ्गापुरका विदेश तथा सामाजिक एवं पारिवारिक विकास राज्यमन्त्री एच.ई. जुल्कर्नाइन अब्दुल रहीमसँग शनिबार भेटवार्ता गरेका हुन्।

भेटवार्ताका क्रममा परराष्ट्रमन्त्री खनालले दुवै देशका मन्त्रीसँग आपसी सम्बन्ध सुदृढीकरण, क्षेत्रीय सहकार्य तथा द्विपक्षीय हित र साझा चासोका विविध विषयमा छलफल भएको जानकारी दिए। 

सम्मेलनका क्रममा उनले हिन्द महासागर क्षेत्रको सुरक्षा र आर्थिक साझेदारीका विषयमा नेपालको दृष्टिकोण समेत प्रस्तुत गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ