arrow

पृथ्वीनारायण शाहको नाम लिँदा जागिर जाने नेपालकै यो कस्तो संस्था ?

logo
प्रकाशित २०७३ फागुन १७ मंगलबार
prithibinarayan_damannath.jpeg
काठमाडौं । नेपालकै यस्तो संस्थाका एक कर्मचारीले जसले पृथ्वी नारायण शाहको नाम लिएकै आधारमा जागिरबाट हात धुनु परेको छ । सुन्दा पनि अचम्म लाग्न सक्छ नेपालकै पूर्व मन्त्रीदेखि पूर्व सभामुखसम्म सदस्य रहेको कुनै संस्थामा पृथ्वीनारायण शाहको नाम लिएकै आधारमा संस्थाबाट निकालिन्छ भन्ने कुरा । तर यो अचम्म मान्नुपर्ने कुरा यथार्थ सावित भएको छ । 
 
पूर्व सभामुख दमननाथ ढुंगाना, पूर्व मन्त्रीहरु विद्याधर मल्लीक र पद्मरत्न तुलाधर लगायत संलग्न रहेको संस्था नेपाल शान्ति प्रतिष्ठानका कार्यकारी निर्देशक सुमित शर्माले पृथ्वी नारायण शाहको नाम लिएकै आधारमा सो पदबाट राजीनामा दिन बाध्य भएको बताएका छन् । 
 
उनले माघ १० गते नै सो राजीनामा पत्र बुझाईएको भएपनि सो पत्र मंगलबार मात्रै सार्वजनिक गरिएको छ । उनले महासचिव विद्याधर मल्लीकलाई सम्बोधन गरी लेखेको राजीनामा पत्रमा २०१६ साल नोभेम्बर १६ देखि १८ सम्म शान्तिप्रक्रियाको १० वर्षमा भएको अन्तराष्ट्रिय शान्ति शान्ति सम्मेलनमा आफूले पृथ्वी नारायण शाहको नाम लिँदा दातृ निकायका केही व्यक्तिहरुको असन्तुष्टि बढेको खुलासा गरेका छन् । 
 
उनले सो अभिव्यक्ति दिएपछि युएसएडको प्रजातन्त्र तथा सुशासन प्रमुख मारिया व्यारोनले संस्थाका कन्सल्ट्यान्ट पंकज अधिकारीलाई सुमितले विकासको क्षेत्रमा आफ्नो पेशा विधिवत अन्त्य गरेको बताएको उल्लेख गरेका छन् । उनले मारियाले सो अभिव्यक्ति दिएपछि आफूलाई राजीनामा दिन बाध्य गराईएको भन्दै आफ्नो जागिर कहाँ रहने भन्ने कुरा पनि दातृ निकायमा रहेको विडम्बनापूर्ण अवस्थामा आफूहरु रहेको गुनासो पनि गरेका छन् । 
Image may contain: text
 
Image may contain: text



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ