गृहमन्त्री गुरुङलाई रक्षाले सोधिन् - भोलि गरिब हुनु नै अपराध हो भन्न तपाईंलाई कति बेर लाग्ला र ?
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ३० सोमबार
1.2k
Shares
तस्बिर : फाइल
काठमाडौँ । जेन-जी अभियन्ता रक्षा बमले गृहमन्त्री सुधन गुरुङलाई बेलैमा सच्चिन सुझाव दिएकी छिन् । उनले सामाजिक सञ्जालमा गृहमन्त्री गुरुङलाई सम्बोधन गर्दै 'जनतालाई नै गलत ठान्ने प्रवृत्तिप्रति दिक्क भएर नै तपाईंहरूले यो अवसर पाउनुभएको हो। आज गरिब भएर मर्नु गल्ती हो भन्ने हो भने, भोलि गरिब हुनु नै अपराध हो भन्न तपाईंलाई कति बेर लाग्ला र ? आफ्नो आर्थिक हैसियत उच्च बनाउन नसक्नेहरूलाई ‘गलत’ को संज्ञा दिनु तपाईंको पदीय मर्यादाविपरीत हो। बेलैमा सच्चिनुस्' भनी लेखेकी छिन् ।
उनले फिल्मी लाइनहरू फिल्मका लागि लेखिएका र यथार्थमा जीवन भनेकै संघर्ष भएको भन्दै आर्थिक हैसियतका हिसाबले कसैले बाँचिरहेको जीवन नै गलत हो भन्न नमिल्ने बताइन् ।
बमले आज देशका २० प्रतिशत भन्दा बढी जनता गरिबीको रेखामुनि रहेको भन्दै मन्त्री गुरुङलाई भनिन्, 'तपाईंको जस्तो आर्थिक हैसियत बनाउने अवसर राज्यले धेरै कम मानिसलाई दिएको हुन्छ । गरिब देशका धेरै जनताका लागि उच्च आर्थिक हैसियत बनाउने कुरा सपना जस्तै हुन्छ। जनताको आर्थिक हैसियत आजै समृद्ध बनाउन न यो राज्यका स्रोतको सीमितताका कारण सम्भव छ, न तपाईंहरूसँग यसको यथार्थपरक योजना नै छ।'
जनतालाई नै गलत ठान्ने प्रवृत्तिप्रति दिक्क भएर नै अहिलेको बालेन सरकारले अवसर पाएको भन्दै अभियन्ता बमले मन्त्री गुरुङलाई सच्चिन आग्रह गरेकी हुन् ।
यसो लेखेकी छिन् उनले -
माननीय गृहमन्त्रीज्यू,
फिल्मी लाइनहरू फिल्मका लागि लेखिएका हुन्छन्, यथार्थमा जीवन भनेकै संघर्ष हो। आर्थिक हैसियतका हिसाबले कसैले बाँचिरहेको जीवन नै गलत हो भन्न मिल्दैन।
आज हाम्रो देशका २०% भन्दा बढी जनता गरिबीको रेखामुनि छन्, र तपाईंको जस्तो आर्थिक हैसियत बनाउने अवसर राज्यले धेरै कम मानिसलाई दिएको हुन्छ। गरिब देशका धेरै जनताका लागि उच्च आर्थिक हैसियत बनाउने कुरा सपना जस्तै हुन्छ। जनताको आर्थिक हैसियत आजै समृद्ध बनाउन न यो राज्यका स्रोतको सीमितताका कारण सम्भव छ, न तपाईंहरूसँग यसको यथार्थपरक योजना नै छ।
जनतालाई नै गलत ठान्ने प्रवृत्तिप्रति दिक्क भएर नै तपाईंहरूले यो अवसर पाउनुभएको हो। आज गरिब भएर मर्नु गल्ती हो भन्ने हो भने, भोलि गरिब हुनु नै अपराध हो भन्न तपाईंलाई कति बेर लाग्ला र ? आफ्नो आर्थिक हैसियत उच्च बनाउन नसक्नेहरूलाई ‘गलत’ को संज्ञा दिनु तपाईंको पदीय मर्यादाविपरीत हो। बेलैमा सच्चिनुस्।