arrow

स्ववियु निर्वाचन, आज २५ क्याम्पसमा चुनाव हुँदै

logo
प्रकाशित २०७३ फागुन १८ बुधबार
FSU.jpeg

काठमाडौं । विद्यार्थी संगठनहरुकै विवादका कारण स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको आज त्रिभुवन विश्वविद्यालय अन्तर्गतका २५ क्याम्पसमामात्र चुनाव हुँदैछ । त्रिविवि शिक्षाध्यक्ष एवं केन्द्रीय निर्वाचन समिति संयोजक सुधा त्रिपाठीले बुधबार काठमाडौं उपत्यकाका नौ तथा उपत्यका बाहिरका १६ क्याम्पसमा निर्वाचन हुँदैछ ।

निर्वाचनको समय भने फरक फरक तोकिएको छ । विद्यार्थीको चाप हेरेर बिहान ८ बजेदेखि ११ बजेसम्म सुरु हुने फरक फरक तालिका सार्वजनिक गरिएको छ । त्रिभुवन विश्वविद्यालयका अनुसार जम्मा ४० प्रतिशत क्याम्पसमा मात्र स्ववियु चुनाव हुनेछ ।
विभिन्न विद्यार्थी संगठनको अवरोधका कारण चुनाव हुने स्थिति नरहेको हो ।

यसअघि विद्यार्थी संगठनकै मागमा फागुन १४ मा गर्ने भनिएको स्ववियु चुनावको मिति चार दिनपछि सारिएको थियो । तर विद्यार्थीहरुको गलत राजनीतिक उद्दण्डताले गर्दा आठ वर्षपछि हुँदै गरेको निर्वाचन पनि हुन नसकेको हो ।
मूख्य गरी ठूला मानिएका राजधानीको कीर्तिपुरस्थित केन्द्रीय क्याम्पस, रत्नराज्य, त्रिचन्द्र, नेपाल ल, विश्वभाषा, शंकरदेव, नेपाल कमर्श, पाटन संयुक्त, महेन्द्ररत्न ताहाचल, अमृत साइन्स, सरस्वतीलगायत क्याम्पसमा तालाबन्दी गरिएको छ ।

त्रिविअन्तर्गत ६० आंगिक र सम्बन्धनका एक हजार ८४ क्याम्पस छन् ।
 
हरेक दुई दुई वर्षमा हुनुपर्ने स्ववियु निर्वाचन विद्यार्थी नेताहरुकै गलत प्रवृत्ति र त्रिविविको झनै बढी राजनीतिक खिचातानीले हुन सकेको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ