arrow

स्याङ्जाको दुई क्याम्पसमा नेविसंघ विजयी

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७३ फागुन १८ बुधबार
FSU.jpeg
स्याङ्जा। स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन परिणाम अनुसार अहिले सम्म स्याङ्जाका दुई बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ विजयी भएको परिणाम आएको छ । जिल्लाका आठ ओटा बहुमुखी क्याम्पसमा भएको स्ववियु निर्वाचनमा दुई ओटाको मात्र निर्वाचन परिणाम सार्वजनिक भएको छ । मालुङ्गा बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघका खगेन्द्र भण्डारी सहित सबै प्यानल विजयी भएको छ भने राधादामोदर संस्कृति बहुमुखी क्याम्पसमा सुदिप पाठक सहितको प्यानल निर्विरोध विजयी भएका छन् । अन्य क्याम्पसमा भने मतदान पक्रिया चलिरहेको जनाइएको छ । 
 
मालुङ्गा बहुमुखी क्याम्पसमा भएको मतपरिणाम अनुसार खगेन्द्र भण्डारीले ५८ र उनका प्रतिद्धन्दी अम्विका न्यौपानेले २७ मत प्राप्त गरेको नेपाल विद्यार्थी संघका पुर्व केन्द्रिय सदस्य गुरुप्रसाद भट्टराईले जानकारी दिए । यता सिद्धार्थ बहुमुखी क्याम्पस फेदीखोलामा अनेरास्ववियु प्यानल विजयी भएको छ । अनेरास्ववियुकी प्रतिष्ठा कार्कीले ९२ र उनकी प्रतिद्धन्दी नेविसंघकी रिमा क्षेत्रीले ३१ मत प्राप्त गरेकि थिइन् । कुल १ सय ३५ मतदाता रहेकोमा १ सय २३ मत खसेको र ४ म तबदर भएको क्याम्पसले जनाएको छ । जिल्लाकै धेरै मतदाता रहेको बहुमुखी क्याम्पसमा भने बेलुका सम्म मतदान पक्रिया चल्ने छ भने अन्य क्याम्पसमा भने ३ बजे सम्ममा मतदान पक्रिया सकिने बताइएको छ । दुई क्याम्पसमा खाता खोल्न सफल भएको नेपाल विद्यार्थी संघले अन्य क्याम्पसमा पनि विजयी हासिल गर्ने संकेत देखा परेको छ । विद्यार्थीका अगुवा नेता भर्ना नभएका कारण निर्वाचन परिणाम आउने क्याम्पसमा कसले बाजी मार्ला भन्ने आकल कसैले पनि गर्न सकेका छैनन् । निर्वाचन अहिले सम्म शान्तरुपमा भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ