arrow

पोखरेल नै कामु प्रहरी प्रमुख बन्ने सम्भावना !

logo
प्रकाशित २०७३ फागुन १८ बुधबार
dr-dinesh-pokhrel.jpeg
काठमाडौं । प्रहरी महानिरीक्षक नियुक्ति विवादमा सर्वाेच्च अदालतले अन्तरिम आदेशलार्इ नै निरन्तरता दिएकाे छ । बुधबारको हरिकृष्ण कार्की र तेज बहादुर के सीको स‌ंयुक्त्त इजलासले उजुरीकर्ताको माग बमोजिम अन्तरकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने निर्णय गरेको हो । पटकपटक पेसी सर्दै आएको उक्त मुद्दामा दुबै पक्षका वकिलहरुको बहस सकिएपछि बुधबारको इजलासले सो आदेश गरेको सर्वाेच्चले जनाएको छ । 
 
सर्वाेच्च अदालतको सो आदेशसँगै अहिले प्रहरीको निमित्त महानिर्देशक बनेर काम गरिरहेका डिआईजी डा. दिनेशचन्द्र पोखरेलले नै कायम मुकायमको जिम्मा पाउने सम्भावना बढेको कानून व्यवसायीहरु बताउँछन् । 
 
उक्त विषयमा बहस गरेका एक वकिलले दिएको जानकारी अनुसार सो आदेशका अनुसार अहिले दुबै पक्षलार्इ महानिरीक्षकको नियुक्ति दिनु आवश्यक रहेको छैन । त्यसो गर्दा सरकारले अहिलेकै निमित्त प्रमुखलाई महानिरीक्षकको जिम्मेवारीमा निरन्तरता दिने विकल्प बाँकी रहन्छ । किनभने सर्वाेच्चले कुनैपनि आदेश नदिएको कारणले अन्य व्यक्तिलाई प्रहरी प्रमुखमा नियुक्ति दिनको लागि निर्वाचन आचार संहिता बाधक बन्ने निश्चित रहेको छ । 
 
त्यसो त निमित्त प्रमुख लामो समयसम्म रहन नसक्ने भएकोले बरु आयोगसँग स्वीकृति लिएर सरकारले पोखरेललाई नै कायममुकायमको जिम्मेवारी दिने विकल्प रहेको कानूनविद्हरुले जानकारी दिएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ