arrow

नाइजेरियन जष्ट जोनलाई खजुरा गोल्डकपको उपाधि

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ७ सोमबार
khajura-goldcup-2083.jpg

नेपालगन्ज । बाँकेको खजुरामा सम्पन्न एमटी एरिना प्रथम खजुरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नाइजेरियन टोली जष्ट जोन एफसीले जितेको छ । 

खजुरा–४ डी गाउँस्थित रङ्गशालामा भएको फाइनल खेलमा जष्ट जोनले जेविएम क्लब लखनउ, भारतलाई ४–० गोलअन्तरले हराउँदै उपाधि हात पारेको हो । जष्ट जोनका लागि कलव कोनले दुई गोल गरे । यसैगरी एडवार्ड थोमस र ओलावी अफीजले एक एक गोल गरे । 

प्रतियोगितामा जष्ट जोनका गोलरक्षक लेकन शितु, उत्कृष्ट रक्षक र म्यान अफ दी म्याच बिल्गो, एडवार्ड प्लेयर अफ दी पीस घोषित भए । यसैगरी जेबिएम लखनउका क्षितिज मगर उत्कृष्ट मिडफिल्डर र फोर ब्रदर्श एफसी नवलपरासीका नवीन महतो सर्वाधिक गोलकर्ता बने । 

उपाधिसँगै जष्ट जोनले रु सात लाख तथा उपविजेता जेविएमले रु चार लाख प्राप्त गरे । गत चैत ३० गतेदेखि भएको सो प्रतियोगितामा आठ टोलीले प्रतिस्पर्धा गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ