arrow

इरानले हर्मुज जलमार्ग तत्काल नखोल्ने, शुक्रबार वार्ता हुनसक्ने अमेरिकी दाबी

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १० बिहिबार
hormuz-ai-made.jpg

काठमाडौँ । इरानले वर्तमान परिस्थितिमा हर्मुज जलमार्गलाई पुन: सञ्चालनमा नल्याउने स्पष्ट पारेको छ। 

इरानी संसदका सभामुख मोहम्मद बाकेर गालिबाफले युद्धविरामको उल्लंघन भइरहेको अवस्थामा यो जलमार्ग खोल्न सम्भव नरहेको बताएका छन्।

गालिबाफले अमेरिकी नाकाबन्दीले इरानी बन्दरगाहहरूलाई निशाना बनाइरहेको आरोप लगाउँदै यसलाई विश्व अर्थतन्त्रलाई बन्धक बनाउने प्रयासको रूपमा टिप्पणी गरेका छन्। उनले पूर्ण युद्धविराम तब मात्र सम्भव हुने बताए, जब इरानमाथि लगाइएको नाकाबन्दी पूर्ण रूपमा अन्त्य हुनेछ।

अर्कातर्फ, इरान र अमेरिकाबीच तनाव कम गर्ने प्रयासस्वरूप शुक्रबार पाकिस्तानको इस्लामावादमा बैठक बस्ने सम्भावना रहेको अमेरिकाले दाबी गरेको छ ।

'न्यूयोर्क पोस्ट' को रिपोर्ट अनुसार पाकिस्तानको मध्यस्थतापछि दुवै देश छिट्टै वार्ताको टेबलमा फर्किन तयार भएका हुन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि यस बैठकप्रति सकारात्मक संकेत दिँदै वार्ता छिट्टै हुन सक्ने बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ