arrow

गरिमा विकास बैङ्क लिमिटेडलाई दुई अन्तर्राष्ट्रिय आईएसओ प्रमाणपत्र प्राप्त

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १० बिहिबार
garima-bank-iso-certification-april-2026.jpg

काठमाडौँ। गरिमा विकास बैङ्क लिमिटेडले गुणस्तरीय बैङ्किङ सेवा प्रवाह गरेबापत प्रदान गरिने अन्तर्राष्ट्रिय मान्यता प्राप्त आईएसओ ९००१:२०१५ र गुणस्तरीय सूचना सुरक्षा व्यवस्थापन गरेबापत आईएसओ २७००१:२०२२ प्रमाणपत्र प्राप्त गरेको छ। यससँगै गरिमा विकास बैङ्क एकैसाथ दुई वटा अन्तर्राष्ट्रिय आईएसओ प्रमाणपत्र प्राप्त गर्ने सीमित संस्थाहरूको सूचीमा समावेश हुन सफल भएको छ।

विकास बैङ्कको केन्द्रीय कार्यालय लाजिम्पाटमा आयोजित कार्यक्रमका बीच विश्वव्यापी सर्टिफिकेसन संस्था “ईन्टरसर्ट”को तर्फबाट लिड अडिटर रोशन श्रेष्ठले विकास बैङ्कका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायलाई उक्त प्रमाणपत्रहरू हस्तान्तरण गरेका हुन्। 

उक्त कार्यक्रममा बोल्दै विकास बैङ्कका प्रमुख कार्यकारी अधिकृतले गरिमा विकास बैङ्क गुणस्तरीय बैङ्किङ सेवा प्रवाह र सूचना प्रविधिको सुरक्षाको सम्बन्धमा थप प्रभावकारी रूपमा अगाडि बढ्ने बताए।

गरिमा विकास बैङ्क लिमिटेडले नेपालको बैङ्किङ क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्दै देशभर १२६ शाखा कार्यालयहरूबाट करिब ९ लाख ग्राहकहरूलाई सरल, सुरक्षित एवं विश्वसनीय डिजिटल तथा भौतिक बैङ्किङ सेवा प्रदान गर्दै आइरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ