काठमाडौं । नेपाली काँग्रेसको निकट शिक्षकहरुको भातृ सस्था नेपाल शिक्षक संघ मकवानपुरको फाल्गुन २० र २१मा हुने आठौं जिल्ला अधिवेशन नजिकिँदै गर्दा संघको आगामी नेतृत्वका लागी समावेशी, प्राज्ञिक र सशक्त समूहमा प्यानल घोषणा गर्दै चुनावी रस्साकस्सी शुरु भएको छ
सोही क्रममा संस्थापन पक्षले बुधबार पत्रकार सम्मेलन गरी प्यानल घोषणा गरेको छ । घोषित प्यानलअनुसार अध्यक्षमा मदन लामिछाने, महिला उपाध्यक्षमा शान्ति भट्ट खरेल, खुला उपाध्यक्ष रामआशिष मण्डल, सचिव गोविन्द पोखरेल, अर्थ सचिव रञ्जन कठायत, सहसचिव राजेन्द्र बर्तौला, अर्थ सहसचिव श्रीचन्ı देवकोटा, समावेशी सहसचिव नागेन्द्र यादव, महिला सहसचिव उमा स्याङ्तान, प्रदेश अधिवेशन प्रतिनिधि (खुला) दोर्जे लामा स्याङ्तान र मधु ढुंगाना, प्रदेश अधिवेशन प्रतिनिधि महिलातर्फ गीता सञ्जेल र विभाकुमारी झा, संघीय महाधिवेशन प्रतिनिधि महिलातर्फ ज्ञानु पौडेल, इन्दिरा लुइँटेल र संघीय महाधिवेशन प्रतिनिधि खुलातर्फ शम्भुप्रसाद बर्तौला, गोविन्दप्रसाद चौलागाईं र नारायणप्रसाद भण्डारी रहेका छन् ।