arrow

निर्वाचन समितिको लापरवाहिले मतगणना स्थगित

क्याम्पस प्रशासन र समितिको राजीनामा माग

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७३ फागुन १९ बिहिबार
waling-campus.jpeg
स्याङ्जा। नेपालकै पहिलो सामुदायीक क्याम्पस वालिङ बहुमुखी क्याम्पसको साख गुम्ने खतरा बढ्दै गएको छ । जिल्लाकै मध्य भागमा रहेको यो क्याम्पस राजनीतिक थलोको रुपमा निकै चर्चामा आउने गर्दछ । बेला बेलामा विवादमा तानिदै आउने वालिङ क्याम्पस अहिले पनि स्वातन्त्र विद्यार्थी युनियनको निर्वाचनले फेरी कतै साख गुमाउने त होइन भन्ने खतरा बढेको छ । संचालक समितिको निर्वाचन होस वा विद्यार्थीको निर्वाचन जहिले पनि जुगाँको लडाईमा यो क्याम्पस पर्दै आएको छ । जिल्लामा संचालित बहुमुखी क्याम्पसहरु मध्ये धेरै विद्यार्थी अध्ययनरत गर्ने क्याम्पस राजनीतिक कर्मी उत्पादन गर्ने थलोको रुपमा चिनिन्छ । 
 
क्याम्पसलाई राजनीति गर्ने थलोको रुपमा लिइदिदा मुलुककै पहिलो सामुदायीक क्याम्पसको गरिममा माथी आच आउने देखिन्छ । हाल आएर फेरी क्याम्पस स्ववियु निर्वाचनमा निर्वाचन समितिको लापरबाहिका कारण फेरी विवादमा तानिएको छ । फागुन १८ गते बुधवार अत्यन्तै शान्तिपूर्ण ढंगबाट मतदान प्रक्रिया सम्पन्न गरेको क्याम्पसले मतगणनामा विवाद भएको छ । निर्वाचन अधिकृत र मतदान अधिकृतले मतपत्रमा हस्ताक्षर नै नगरी मतपत्र वितरणगरेको देखिन आएपछि मतगणनामा सामान्य विवाद भएको थियो । करिव ८ सय ७५ मतदाता रहेको क्याम्पसमा निर्वाचनमा ७ सय ३२ मत खसेको थियो । 
 
एकसयका दरले मतगणनाजारी हुदैगर्दा शुरुकै मतगणनामा ७ ओटा मतपत्रमा दुवै अधिकृतले हस्ताक्षर नभएको मतपत्र भेटिएपछि विवादित बन्न पुग्यो । यसको रहस्य के हो भन्ने विषयमा निर्वाचन समितिले त्रुटि भएको र क्षमयाचाना गरेपछि अन्य मतपत्रमा पनि यो समस्या आउन सक्ने संकेतलाई कसरी न्युनिकरण गर्ने भन्ने विषयमा छलफल हुदा कुनै टुङ्गो नलागेपछि मतगणनालाई स्थगित गरिएको हो । 
 
अनेरास्ववियु र नेविसंघको अत्यन्तै प्रतिस्पर्धामा रहेको मतपरिणाममा ६ ओटा मतपत्रमा नेविसंघ प्यानलाई मतदान थियो भने एक थानमा अनेरास्ववियुको प्यानललाई मतदान थियो । मतपरिणाममा ६ मतको अन्तरले जितहार हुने अवस्था सिर्जना हुन सक्ने संकेत एकसय मतगणनाको नतिजाले देखाएपछि यो रहस्य हुन सक्ने शंका उव्जिएपछि ७ ओटा मतपत्रको छिनोफानो नभएसम्मका लागि मतगणना स्थगित गरिएको हो । मतगणना स्थगित गर्ने सहमतिपछि सबै मतपत्र वडाप्रहरी कार्यालय वालिङले नियन्त्रणमा लिएको छ । अहिले सम्म पनि क्याम्पस प्रशासन र निर्वाचन समितिले कुनै टुङ्गो लगाउन नसक्दा वालिङ क्याम्पसको स्ववियु निर्वाचन अफठ्यारोमापरेको छ । विद्यार्थीले भन्दा पनि प्रध्यापक र प्रशासनले बढी राजनीतिमा चासो राख्ने कारणले बेला बेलामा क्याम्पस विवादित बन्दै आएको छ । यो रोगलाई बेलैमा निरुत्साही नवनाउने हो भने क्याम्पसको भविष्य कता जाने छ भन्न सकिने अवस्था छैन ।
 
यता सो विषयलाई लिएर नेपाल विद्यार्थी संघ वालिङ बहुमुखी इकाई समितिले एक प्रेस विज्ञप्ती जारी गरि क्याम्पस प्रमुख र निर्वाचन समितिको राजीनामा माग गरेको छ । लामो समय पछि हुनलागेको स्ववियु निर्वाचनमा क्याम्पस प्रसाशन र निर्वाचन समितिले देखाएको धाधलीपूर्ण व्यवहारको घोरभत्र्सना गर्दै राजीनामा माग गरेको विज्ञप्ती मार्फत जनाएको छ । इकाई सभापति संञ्जय श्रेष्ठले जारी गरेको विज्ञप्तीमा भनिएको छ निर्वाचनमा संलग्न विद्यार्थीहरुका संघसंगठनले अत्यन्तै उत्साहका साथ मत जाहेर गरे पश्चात मत गणनामा देखिएको हतास र कुण्ठित मनस्थितिले गरिएको धाधलीपूर्ण काम प्रति आपत्ति रहेको छ।
 
नेविसंघले जित्ने सुनिश्तितालाई क्याम्पस प्रशासन र निर्वाचन समितिले गरेको व्यवहार प्रति ध्यानाकर्षण गर्दै यस्तो परिघट्नालाई ख्यालठट्टाको रुपमा नलिनपनि विज्ञप्तीमार्फत चेतावनी दिएको छ। आफ्नो इतिहासकाल देखि विद्यार्थीको हक, हित, अधिकार र लोकतन्त्रीकपद्धतीको लागि निरन्तर लड्दै आएको र लडिरहने नेविसंघलाई कमजोर नसम्झन तथा यस्ता घट्नाले विश्वविद्यालय र विद्यार्थीहरुका साथै वालिङलाई बदनाम गराउने निकृष्ट कार्यक्रमको नेविसंघले विरोघ गर्ने छ विज्ञप्तीमा भनिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ