arrow

ओलीकै क्षेत्रमा अनेरास्ववियु तेस्रो, झापामा फहरायो नेविसंघले झण्डा

logo
प्रकाशित २०७३ फागुन १९ बिहिबार
काठमाडौं । एमाले अध्यक्ष केपी ओलीकै क्षेत्रमा नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघले विजय हाँसिल गरेको छ । झापाको क्षेत्र नं ७ मा पर्ने विभिन्न क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा एमालेहरुको विद्यार्थी अनेरास्ववियुको स्थान तेस्रो स्थानमा पुगेको हो । ती सबै क्याम्पसहरुमा नेविसंघले विजय हाँसिल गरेको छ । 
 
झापामा रहेका ९ क्याम्पस मध्ये ६ क्याम्पसमा नेबिसंघका उम्मेदवारहरु विजयी भएको बताईएको छ । यसरी नेविसंघले विजयी हाँसिल गरेका क्याम्पसहरुमा काँकरभिट्टा बहुमुखी क्याम्पस, दूर्गा बहुमुखी क्याम्पस गरामुनी, गौरिगन्ज क्याम्पस, शनिस्चरे बहुमुखी क्याम्पस, कन्काइ क्याम्पस बिर्तामोड र दमक बहुमुखी क्याम्पसमा पनि नेविस‌ंघ विजयी भएको बतार्इएको छ । 
 
यस मध्ये दमक क्याम्पस एमाले अध्यक्षको क्षेत्र हो । जहाँ अनेरास्ववियु तेस्रो भएको छ । जसमध्ये ने बि संघका बिनोद चापागाईँको ४११,  अखिल क्रन्तिकारीका कुल बहादुर बस्नेतको ३३५ र अनेरास्वबियुका सन्तोष दुलालको ३१५ मत आएको छ ।
 
झापा नेपाली काँग्रेसका नेता कृष्ण प्रसाद सिटौलाको समेत गृह जिल्ला हो । स्ववियूमा देखिएको यो नतिजालाई आसन्न स्थानिय निकायको निर्वाचनको पूर्वसन्ध्यामा देखिएको जनमत सर्वेक्षणको रुपमा समेत लिइएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ