arrow

कान्तिपुर सिटी कलेजद्वारा कम्प्युटर प्रदान

logo
प्रकाशित २०७३ फागुन १९ बिहिबार
kcc_news.jpeg

काठमाडौ । विगत १७ बर्षदेखि आई.टि., ईन्जिनियरिङ, व्यवस्थापन तथा मानविकी संकायमा अध्यापन गराउँदै आएको कान्तिपुर सिटी कलेजले संस्थागत सामाजिक उत्तरदायित्व स्वरुप बालबालिकामा हुने यौन शोषण मुक्त नेपाल सिर्जना गर्ने उदेश्य रहेको रक्षानेपाल र भुम्लिचोक - ४, गोर्खामा रहेको श्री भद्रकाली उच्च माध्यमिक बिद्यालयलाई भौतिक सहयोग स्वरूप ४-४ थान कम्प्युटर प्रदान गरेको छ। देशका ग्रामिण क्षेत्रमा पनि सूचना प्रविधी तथा कम्प्युटरको पहुच पुर्‍याउने उद्देश्यका साथ कलेजले कम्प्युटर प्रदान गरेको हो ।

गुणस्तरीय शिक्षाको साथसाथै संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत कलेजले शिक्षा र सूचना तथा प्रविधीको पहुँच बढाउन बिभिन्न समयमा सहयोग पुर्याउदै आएको छ। साथै देशमा आईपर्ने प्राकृतिक एवं अन्य विपतको समयमा पनि सहयोग गर्दै आएको छ तथा भविष्यमा पनि सहयोग पुर्याउने कलेजका प्राचार्यले जानकारी गराए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ