arrow

काँग्रेसी प्राध्यापकको नेतृत्वको लागि दुई समूहको कडा प्रतिस्पर्धा

बिहीबार प्रधान समूहका ४ जनाको उम्मेदवारी घोषणा

logo
प्रकाशित २०७३ फागुन १९ बिहिबार
professor.jpeg
काठमाडौं । काँग्रेसी प्राध्यापकहरुमा दुई समूहको कडा प्रतिस्पर्धा हुने देखिएको छ । शुक्रबारदेखि राजधानीमा सुरु हुने प्राध्यापकहरुको निर्वाचनका लागि अध्यक्षमा प्राध्यापक प्रकाश सिंह प्रधान र जगत तिमल्सिनाबीच कडा प्रतिस्पर्धा हुने भएको छ । 
 
शुक्रबार मनोनयन दर्ता गर्ने कार्यतालिका रहेकोमा बिहीबारसम्म दुबै पक्षले उम्मेदवारी घोषणा गरिसकेका छन् । बिहीबार राजधानीमा पत्रकारसम्मेलन गरी प्रधानको समूहका तर्फबाट प्रा. डा. अक्कलदेव मिश्र वरिष्ठ उपाध्यक्षको लागि, विष्णु केसी महासचिवमा र डा. विष्णु पोखरेलले सचिवमा उम्मेदवारी दिने घोषणा गरेका छन् । अर्काे तर्फबाट पनि अध्यक्ष र महासचिवका उम्ममेदवारहरुले उम्मेदवारी दिईसकेका छन् । 
 
प्रधानको तर्फबाट सचिवका उम्मेदवार समेत रहेका डा. पोखरेलले काँग्रेसी प्राध्यापकहरु प्राध्यापकहरुको गरिमा र इज्जत राख्ने संस्था रहेको भन्दै यो संस्थाको नेतृत्वका सक्षम व्यक्तित्व आवश्यक रहेको बताए । प्राध्यापकहरुको हकहित र सेवासुविधाका बावजूत पनि प्राध्यापन पेशालाई मर्यादित र समाजमा सर्वमान्य पेशाको रुपमा विकास गराउनको लागि आफ्नो समूहको उम्मेदवारी आवश्यक रहेको बताए । 
 
त्रिवि केन्द्रीय कार्यालय कीर्तिपुरमा शुक्रबारदेखि सुरु हुने महाधिवेशनको नेपाली काँग्रेसका पार्टी सभापनि शेरबहादुर देउवाले उद्घाटन गर्दैछन् भने शुक्रबार नै नयाँ नेतृत्वको लागि मनोनयन दर्ता हुने भएको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ