arrow

एनआईसी एशिया बैङ्कद्वारा गोदावरी, कैलालीस्थित, श्री सरस्वती माध्यमिक विद्यालयमा खानेपानी ट्याङ्की र पम्प प्रदान

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १८ शुक्रबार
nic-asia-shree-saraswoti-secondary-school-april-2026.jpg

काठमाडौँ। एन आई सी एशिया बैङ्कले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गोदावरी–५, कैलालीस्थित श्री सरस्वती माध्यमिक विद्यालयमा स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यका साथ फिल्टरसहितको खानेपानी ट्याङ्की र पम्प उपलब्ध गराएको छ। 

विद्यार्थीहरूलाई स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यका साथ पानी फिल्टरसहितको ट्याङ्की र पम्प प्रदान गरिएको हो। मिति २०८३ वैशाख १६ गते एक कार्यक्रमका बीच यस बैङ्कका सर्कल हेड–धनगढीका दीपक विष्टले उक्त विद्यालयका प्रधानाध्यापक योगेन्द्र राज ओझालाई उक्त खानेपानी ट्याङ्की र पम्प हस्तान्तरण गरेका हुन्।

फिल्टरसहितको खानेपानी ट्याङ्की र पम्पले स्वच्छ खानेपानी उपलब्ध हुनुका साथै यसले विद्यार्थीहरूको स्वास्थ्य र शैक्षिक वातावरणमा समेत सहयोग पुग्ने बैङ्कले विश्वास लिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ