arrow

उच्चस्तरीय जाँचबुझ आयोग रंगेलीमा

logo
प्रकाशित २०७३ फागुन १९ बिहिबार
rangeli_jachbujh.jpeg
रंगेली । सरकारले पछिल्लो मधेश आन्दोलनको क्रममा भएको हिंसा, हत्या, आगजनी, तोडफोडको घटनाबारे छानविनका लागी गठित उच्चस्तरीय जाँचबुझ आयोगको टोलीले बिहिबार रंगेलीमा सरोकारवालाहरुसँग घटनाबारे बुझेको छ । गत वष माघ ७ गते युवा संघ नेपालले तराई मधेश जागरण अभियान अन्र्तगत रंगेलीमा जनसभाको कार्यक्रम आयोजना गर्ने क्रममा आन्दोलनरत मधेशी मोर्चा र प्रहरीबीच झडपको क्रममा रंगेली र डाईनियामा तीन जनाको ज्यान गएको थियो । 
 
टोलीले सोही घटनाको विषयमा छुट्टा छुट्टै रुपमा आन्दोलनरत मधेशी मोर्चाका स्थानिय नेता, घाईते, मृतकका आफन्त तथा परिवार, पीडित र स्थानीय एमालेका नेताहरुसँग समेत कुराकानी गरेको छ । आयोगसँग स्थानीय अन्दोलनरत मधेशी मोर्चाका नेता, पीडितहरुले घटनाबारे स्मरण गराउदै सरकारले गरेको दमन तथा प्रहरी ज्याद्दतीको कारण घटना भएको बताएका थियो । साथै जाँचबुझ आयोगका अध्यक्ष गिरीश चन्द्र लालको नेतृत्वको टोलीले घटना स्थालको समेत स्थलगत निरीक्षण गरेको थियो । 
 
सो क्रममा आयोगका अध्यक्ष लालले मधेश आन्दोलनको क्रममा भएको घटना बारे सहि सत्य तथ्य र विष्लेषण गरी सुझाव सरकारलाई बुझाउने बताए । उनले यो आयोगले घटनाको दोषी तथा पीडितलाई न्यायका लागि सिफारिश नगर्ने जनाउदै घटनाबारे यथार्थ प्रतिवेदन सरकारलाई बुझाउने मात्र काम कर्तव्य रहेको जानकारी गराए । 
 
कार्तिक १ गतेदेखी जाँचबुझ थालेको आयोगमा सुर्यप्रसाद कोइराला, नवराज ढकाल, सुखचन्द्र झा, सुजन लोप्चन लगायत सदस्यहरु रहेका छन् । आयोगले अहिलेसम्म टिकापुर घटना सहित झापा, सुनसरी, मोरङका विभिन्न घटनाको अध्ययन गरी सकेको छ । आयोगले ६ महिना भित्र आन्दोलनको क्रममा भएको घटनाको अध्ययन गरी सरकारलाई प्रतिवेदन पेश गर्ने छ ।   
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ