arrow

प्रहरी भवनको जग खन्दा भेटियो ८६ थान बम

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १९ शनिबार
bomb-surkhet.jpg

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सल्यानको नयाँ भवन निर्माणको लागि जग खन्दा वम भेटिएको छ ।

जग खन्दा ८६ थान बम फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक डा.हेमबहादुर केसी जानकारी दिए ।

भवन निर्माणका लागि जग खन्ने क्रममा ८२ ओटा सकेट बम, तीन ओटा सुतली बम र एउटा बोतल बम फेला परेको उनले बताए ।

शारदा नगरपालिका-३, स्थित कार्यालय परिसरमा भवन निर्माणका लागि जग खन्ने क्रममा शंकास्पद वस्तु फेलापरेपछि आवश्यक सुरक्षा सतकर्ता अपनाइएको थियो ।

जग खन्ने क्रममा शंकास्पद वस्तु फेलापरेपछि थप उत्खनन् गरिएको थियो ।

नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले उत्खननका क्रममा सात थान रेडियो वेभ उपकरण, करिब पाँच सय ग्राम विस्फोटक पदार्थ, बम बनाउन प्रयोग हुने दुई केजी सामग्री र १० मिटर फायरिङ केबल फेला परेको उनले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ