arrow

स्थानीय वायुको प्रभाव सुरु, पश्चिमी वायु शनिबारदेखि सकिने, हावाहुरीसहितको वर्षा

logo
प्रकाशित २०७३ फागुन २० शुक्रबार
weather-final.jpeg
काठमाडौं । नेपालका अधिकांश भागमा पश्चिमी वायुको प्रभावले असर पुगेको छ । मौसममा देखिएको पश्चिमी वायुको प्रभाव भने कमजोर भएकाले शनिबार नै पूर्ववत् अवस्थामा फर्किने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगले हाम्राकुरालाई बताए । 
 
तर प्रि–मनसुन सुरु भएकाले अब लगातारजसो हावाहुरीसहितको वर्षा भने हुने उनको भनाइ छ । अब निरन्तर तीन महिनासम्म चलिरहने प्रधानांगले बताए । 
 
शुक्रबार बिहान उपत्यकामा फाटफुट वर्षा भएको छ । मौसम महाशाखाले भने उपत्यकाको शुक्रबारको मौसम आंशिक बदली हुने खालको जनाएको छ । मध्यान्हपछि भने वर्षा हुन सक्ने जनाइएको छ । 
 
पश्चिमी भेकमा पनि बदली हुने मौसमविद् प्रधानांगले बताए । पहाडी भेकमा पनि क्षणिक वर्षा हुनेछ । 
 
क्षणिक हुने भए पनि विभिन्न भेकमा हावाहुरीसहितको वर्षा हुने प्रधानांगले जनाए । त्यस्तै केही ठाउँमा असिनासमेत पर्नेछ । त्यस्तै उच्च भेकमा हिउँपर्ने सम्भावना छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ