arrow

आरआर क्याम्पसमा विद्यार्थीलाई नै प्रवेशमा रोक, स्थिती तनावग्रस्त

पठनपाठन सुरु गर्न संयुक्त विद्यार्थीको माग

logo
प्रकाशित २०७३ फागुन २० शुक्रबार
rr-campus1.jpeg
काठमाडौं । काठमाडौंको रत्नराज्य लक्ष्मी क्याम्पसमा विद्यार्थीलाई नै प्रवेशमा रोक लगाईएको छ । केही दिन अघि स्ववियुको मनोनयन दर्ताको क्रममा विद्यार्थीहरुबीच झडप भएर क्याम्पसमा आगजनी समेत भएपछि क्याम्पस अहिले प्रहरीको व्यारेक जस्तै बनेको छ । 
 
दैनिकजसो क्याम्पसभित्र दर्जन भन्दा बढी प्रहरीहरु बसीरहेका हुन्छन् भने विद्यार्थीहरुलाई भित्र पस्न दिईएको छैन । जसले गर्दा क्याम्पस बाहिर विद्यार्थीहरुको देखिने गरेको छ । विद्यार्थीहरुले पटकपटक भित्र छिर्न कोशिस गर्दा पनि सम्भव नभएपछि अहिले
 
संयुक्त विद्यार्थी संगठनले क्याम्पसमा पठनपाठन गराउन माग गर्दै शुक्रबार विहान क्याम्पस अगाडि प्रदर्शन गरेपछि शुक्रबार बिहानभर क्याम्पस आसपासको स्थिती तनावग्रस्त बनेको छ । उनीहरुले पठनपाठन बन्द गरेर क्याम्पसमा प्रहरीको ब्यारेक बनाईएको भन्दै क्याम्पस प्रमुखको राजीनामा माग समेत गरेका छन् । उक्त प्रदर्शनसँगै सो ठाउँको स्थिती अहिले तनावग्रस्त बनेको छ । 
 
क्याम्पसमा २३ गतेको लागि स्ववियु निर्वाचन गर्न सूचना जारी गरिएको छ । तर, अहिलेसम्म पनि विद्यार्थीहरुलाई मूल ढोकाबाट नै प्रवेश रोकिएको छ । प्रदर्शन सुरु भएपछि क्याम्पसमा प्रहरीले पहरा दिएर बसेकाे छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ