arrow

काठमाडौंको क्याम्पसमा तालैताला, बाहिरका बिद्यार्थीलाई जीतको माला

logo
प्रकाशित २०७३ फागुन २० शुक्रबार
electionsobeu.jpeg
काडमाडौं । अहिले देशभरीका साढे दुई सय भन्दा बढी क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न भईसकेको छ । विभिन्न विद्यार्थी संगठनहरुले पनि आआफ्नो विजयी भएको क्याम्पसको संख्या बढाउनमा नै होडबाजी मच्चाईरहेका छन् । यसै सन्दर्भमा विभिन्न विद्यार्थी संगठनले आआफ्नो पक्षमा धेरै जीत भएको दाबी गर्न पनि होडबाजी चलाईरहेका छन् । 
 
तर यसरी देशभरीका २५० भन्दा बढी क्याम्पसमा निर्वाचन भईसक्दा पनि धेरैको ध्यान भने त्रिविका आंगिक क्याम्पसहरु तर्फ गएको छ । विशेषगरी राजधानीका ठूला भनिएका क्याम्पसहरुमा अझैपनि निर्वाचन हुन सकेको छैन । 
 
त्रिभुवन विश्वविद्यालयको ६३ वटा क्याम्पस र अन्य विश्वविद्यालयका क्याम्पसहरुमा समेत निर्वाचन हुन नसकेको सम्बन्धित क्याम्पसका विद्यार्थीहरुले जनाएका छन् । अहिले त्रिवि अन्तर्गत्को २३ वटा आंगिक क्याम्पसमा मात्रै निर्वाचन सम्पन्न भएको छ । अहिले राजधानीमा मुख्य क्याम्पसहरुको रुपमा रहेको त्रिवि केन्द्रीय क्याम्पस, रत्नराज्य लक्ष्मी क्याम्पस, त्रिचन्द्र क्याम्पस, शंकरदेव क्याम्पस लगायतका महत्वपूर्ण क्याम्पसहरुमा अझैसम्म पनि निर्वाचन हुन सकेको छैन । 
 
काठमाडौं बाहिरका क्याम्पसहरुमा उम्मेदवारहरुले विजयको माला पहिरेर संगठनको झण्डा फहराईरहँदा काठमाडौंका क्याम्पसहरुमा भने अधिकांशमा ताला बन्दी गरिएको छ । रत्नराज्य लक्ष्मी क्याम्पसमा यसै विषयलाई लिएर क्याम्पसमा विद्यार्थीलाई प्रवेशमा नै रोक लगाईएको छ । जसले गर्दा त्यहाँको स्थिती तनावग्रस्त बनेको हो । 
 
देशभरका क्याम्पसहरु मध्ये एब सय ४ वटामा आफूले जीत हाँसिल गरेको भनेर नेपाल विद्यार्थी संघले पत्रकार सम्मेलन नै गरेर बिहीबार जानकारी दिएको थियो भने अनेरास्ववियुले पनि आफूहरुले १ सय २ वटा क्याम्पसमा जीत हाँसिल गरेको नामावली सार्वजनिक गरेको थियो । यसरी उपत्यका बाहिरका क्याम्पसहरुमा जीतको माला उम्मेदवारको घाँटीमा झुण्डिईरहँदा काडमाडौंका क्याम्पसहरुमा भने ताला झुण्डिईरहेको छ । दुबैको मुख्य जिम्मेवार भनेको भने विद्यार्थीहरु नै हुन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ