arrow

ओली र निधीबीच कुन हल्लाका बारेमा भयो सल्लाह

logo
प्रकाशित २०७३ फागुन २० शुक्रबार
bimalendra-kp.jpeg
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सरकारका उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले भेट गरि एक हल्लाको बारेमा सल्लाह गरेका छन्। हालै राजनीतिक वृतमा फिजिएको एक भ्रमको बारेमा दुई नेताबीच सल्लाह भएको हो । 
 
बिहिबार राति अबेर एमाले अध्यक्ष केपी ओलीसंग उनको बालकोटस्थित निबासमा भएको भेटमा गृहमन्त्री निधिले सिराहाको लाहानमा फागुन १५ गते आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा आफूले कसैलाई लखेट्ने भन्ने शब्द प्रयोग नगरेको प्रष्टीकरण दिए । आफूले भन्दै नभनेको कुरामा प्रष्टिकरण दिने आवश्यकता नभएको भएपनि सरकार र एमालेबीच तिक्तता नबढोस भनेर प्रष्ट्याउन चाहेको बताएका थिए । 
 
“मेची–महाकाली अभियानबारे तपाईले त्यस्तो शब्द प्रयोग गरेको भनेर साथीहरुले भनेका छन्” भेटमा एमाले अध्यक्ष ओलीले भन्नुभयो “तर मलाई तपाईले त्यस्तो शब्द प्रयोग गर्नु भएको भन्ने बिश्वास लाग्दैन । ”
 
एमालेले मंगलबार विज्ञप्ति जारी गर्दै मन्त्री निधीले एमाले कार्यकर्तालाई मेची–महाकाली अभियानमा लखेट्ने अभिव्यक्ति दिएको आरोप लगाएको थियो । लहानमा नेपाल महिला संघद्धारा आयोजित निर्बाचन तथा महिला अधिकार सम्बन्धी नेतृत्व विकास तालिमको उद्घाटनका क्रममा मन्त्री निधिले एमालेले संबिधान संशोधनमा अबरोध गरेको भन्दै एमालेबिरुद्ध भण्डाफोर गर्नुपर्ने बताएका थिए । 
 
अध्यक्ष ओलीसंगको भेटमा मन्त्री निधीले संबिधान संशोधनबारे एमालेले प्रयोग गरेको राष्ट्रघाती शब्दप्रति आपत्ति जनाएका थिए । मन्त्री निधीले हिजोका दिनमा प्रदेशको सीमांकन हेरफेर सम्बन्धी तपाईले नै हस्ताक्षर गरेको दस्ताबेजलाई सरकारले अघि सार्दा कसरी राष्ट्रघाती हुन्छ भन्ने प्रश्नमा अध्यक्ष ओलीले संबिधान संशोधन देशको हितमा नभएको बताउँदै पार्टीको आधिकारिक दस्ताबेजमा राष्ट्रघाती शब्द उल्लेख नगरिएको प्रष्टिकरण दिए ।
 
भेटमा गृहमन्त्री निधिले एमालेको मेची–महाकाली अभियानका क्रममा सुरक्षाको व्यबस्था गर्न आफूले सुरक्षा निकायलाई निर्देशन दिएको जानकारी दिएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ