arrow

राप्रपाको केन्द्रीय समिति बैठक : अहिलेको संशोधन प्रस्तावको विपक्षमा उभिने

चुनाव चिह्न गाई नै, हलो पक्षधरले खुल्ला हृदयले स्वीकार्न सकेनन्

logo
प्रकाशित २०७३ फागुन २० शुक्रबार
RPP-news-aaja-new.jpeg
काठमाडौं । राप्रपाको केन्द्रीय समितिको बैठक सम्पन्न भएको छ । राजधानीमा सम्पन्न बैठकले अहिले सरकारले प्रस्तुत गरेको संविधान संशोधन प्रस्तावमा समर्थन नजनाउने निर्णय गरेको केन्द्रीय सदस्य विक्रम पाण्डेले जानकारी दिए । 
 
उनले अर्को संशोधन सहितको संविधान संशोधन प्रस्ताव दर्ता गरिए सोमा सहमति जनाउन सकिने जनाएको छ । उसले मधेशी मोर्चा सहितको सबै शक्तिहरुलाई राखेर व्यापक छलफल गरेको खण्डमा मात्रै मुलुकले निकास पाउने भन्दै सो विषयमा सरकारले पहल गर्नुपर्ने निष्कर्ष पनि निकालेको छ । 
 
त्यस्तै लामो समयदेखि विवादमा रहेको चुनाव चिह्न पनि गाई नै राख्ने निर्णय बैठकले गरेको छ । पाण्डेले बहुमतबाट गाई नै राख्ने निर्णय भएको जानकारी दिए । यस विषयमा अझ विवाद बल्झिन्छ कि बल्झिँदैन ? भन्ने प्रश्नमा पाण्डेले सो विषय भविष्यवाणी गर्न नसकिने बताए । उनले अहिले बहुमतको निर्णय आफूहरुले स्वीकारेको भन्दै पछिको कुरा अहिले नै भन्न नसकिने बताएका हुन् । 
 
निर्वाचन जित्नको लागि हलोको महत्व गाईको भन्दा धेरै रहेको बताउँदै पाण्डेले यसको महत्व धेरैले बुझ्न नसकेको बताए । उनले अप्रत्यक्ष रुपमा गाई चुनाव चिह्न राखिएकोमा असहमति जनाए । नयाँ सरकार गठनको विषयमा भने राप्रपा भित्र कुनैपनि छलफल नभएको पाण्डेले जानकारी दिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ