arrow

अफगानिस्तानमा ६.३ रिक्टर स्केलको भूकम्प, ३७ घाइते

logo
प्रकाशित २०७२ पुष ११ शनिबार
earthquake.jpg.jpeg
काबुल। अफगानिस्तानको उत्तरपूर्वी क्षेत्रमा शुक्रबार राति शक्तिशाली भूकम्पको धक्का महसुश गरिएको समाचार छ । सो भूकम्पबाट करिब ३७ जना घाइते भएका छन् । क्षतिको पूर्ण विवरण भने नआइसकेको अधिकारीहरुले जनाएका छन् । भूकम्प ६.३ रिक्टर स्केलको रहेको बताइएको छ । पाकिस्तान र ताजिकिस्तानको सीमा क्षेत्रमा पर्ने अफगानी क्षेत्र आसाकासाममा केन्द्रबिन्दु रहेको सो भूकम्पको गहिराई २०३ किलोमीटर रहेको छ । 
 
पाकिस्तानी राज्य पेसावरको खैबर पाक्थुन्क्वामा यसको बढी क्षति पुगेको छ । घाइते हुनेमा सोही क्षेत्रका व्यक्ति रहेका छन् । अधिकारीहरुले क्षतिको विवरण सङ्कलन गरिरहेको जनाएका छन् । सो भू्कम्पको धक्का पाकिस्तानको राजधानी इस्लामावाद र भारतीय राजधानी नयाँ दिल्लीमा पनि महसुश गरिएको बताइएको छ । सो भूकम्पका कारण काराकोरम राजमार्गको दक्षिणी गल्गित बाल्टिस्ट क्षेत्रमा पहिरो गएको बताइएको छ । पहिरोका कारण उक्त राज्यमार्गमा आवागमन प्रभावित भएको बताइएको छ । उक्त हिमालयन हिन्दकुश क्षेत्रमा यसअघि पनि पटक पटक भूकम्पको धक्का महसुश गरिएको छ । 
 
गत अक्टोबरमा पनि सोही क्षेत्रमा आएको भूकम्पमा परी कम्तीमा पनि ३५० जनाको ज्यान गएको थियो । सो भूकम्प ७.२ रिक्टर स्केलको रहेको बताइएको थियो । उक्त हिन्दकुश क्षेत्रमा आएको भूकम्पले पाकिस्तानमा पनि क्षति पु/= याएको थियो । सिन्ह्वा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ