arrow

विवादित व्यवसायी दीपक भट्ट र शुलभ अग्रवाल थप १२ दिन हिरासतमै रहने

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २३ बुधबार
deepak-bhatta-sulav-agrawal.jpg

काठमाडौँ । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) तथा सम्बद्ध कसूरको अनुसन्धानका लागि पक्राउ परेका विवादित व्यवसायी दीपक भट्ट र शुलभ अग्रवालको म्याद पुनः थप गरिएको छ ।

विशेष अदालत काठमाडौँका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले अनुसन्धान कार्य जारी राख्न दुवैलाई थुनामा राख्ने अनुमति दिएको हो ।

अदालतको आदेश अनुसार भट्टको हकमा पाँचौँ पटक र अग्रवालको हकमा छैटौँ पटक म्याद थप भएको छ । यो म्याद थप मिति २०८३ साल वैशाख २३ देखि लागू हुने गरी प्रदान गरिएको हो ।

अनुसन्धानका क्रममा सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ मा हालै भएको संशोधन र नयाँ अध्यादेशले गरेको कानूनी व्यवस्थालाई ध्यानमा राख्दै यो निर्णय लिइएको देखिन्छ ।

सरकारी वकीलको राय प्रतिवेदन तयार पार्ने, अभियोजन कार्य र केन्द्रीय अनुसन्धान ब्यूरोबाट भइरहेको सम्बद्ध कसुरतर्फको अनुसन्धान अझै बाँकी रहेकाले थप समय माग गरिएको थियो ।

संयुक्त अनुसन्धान टोलीले मुद्दाको गम्भीरता र प्रमाण संकलनको प्रक्रियालाई मध्यनजर गर्दै अनुसन्धान कार्य अगाडि बढाइरहेको छ ।

विशेष अदालतको प्रशासन शाखाका अनुसार, ऐनको दफा १७ को उपदफा (४) बमोजिम प्रक्रिया पुर्याएर अनुसन्धानका लागि यो म्याद थपको आदेश जारी गरिएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ