arrow

खल्तीबाट निकालिएको नाम प्रधानन्यायाधीश बनाए स्वीकार्य हुँदैन : गगन थापा [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २३ बुधबार
gagan-thapa-23-01.jpg

काठमाडौँ । नेपाली कांग्रेस सभापति गगनकुमार थापाले प्रधानमन्त्री वालेन्द्र साह बालेनमाथि आफ्नो अनुकुल व्यक्तिलाई प्रधानन्यायाधीश बनाउन जालझेल गरिरहेको आरोप लगाएका छन् ।

बुधबार पार्टी संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमार्फत प्रधानमन्त्रीले आफ्नो पक्ष नियुक्ति गर्न खोजेको जिकिर गरे ।

थापाका अनुसार संसद् अधिवेशन आह्वान र अन्त्य गर्ने प्रक्रियासमेत योजनाबद्ध रूपमा प्रयोग गरी इच्छाएको व्यक्तिलाई प्रधानन्यायाधीश बनाउने प्रयास भइरहेको छ ।

उनले संवैधानिक परिषद्लाई नियन्त्रणमा राख्न कानून नै संशोधन गरिएको आरोपसमेत लगाए ।

बिहीबार अपरान्ह ५ बजे बस्ने संवैधानिक परिषद्को बैठकतर्फ संकेत गर्दै थापाले उक्त बैठक पूर्वनिर्धारित निर्णय पारित गराउने उद्देश्यले बोलाइएको दाबी गरे।

प्रधानमन्त्री, सभामुख र कानूनमन्त्रीको बहुमतको आधारमा “खल्तीबाट निकालिएको नाम” पारित गराउने तयारी भइरहेको भन्दै उनले यस्तो प्रक्रिया अस्वीकार्य हुने चेतावनी दिए ।

थापाले विगतमा पनि यस्तै प्रयास रोकिएको स्मरण गराउँदै यसपटक अध्यादेशका कारण रोक्न नसकिएको बताएका छन् ।

यस विषयमा नेपाली कांग्रेसको गम्भीर असहमति रहेको उल्लेख गर्दै उनले संसद्मार्फत समेत आवाज उठाइने बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ