arrow

म्याद गुज्रेको दही भेटिएपछि विपद् प्राधिकरणको क्यान्टिनलाई दुई लाख जरिबाना

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २४ बिहिबार
ndrrma-rastriya-bipad-jokhim.jpg
तस्बिर : फाइल

काठमाडौँ । सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको चमेना गृह (क्यान्टिन) मा म्याद गुज्रिएको दही फेला परेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई लाख पाँच हजार जरिबाना गरेको छ ।

विभागको टोलीले गरेको अनुगमनका क्रममा म्याद गुज्रेको दही फेला परेपछि उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिमको कसुर गरेका देखिएकाले उक्त जरिबाना गरिएको हो । 

अनुगमन टोलीले उक्त दहीको उत्पादक श्रीकृष्ण डेरी फर्मलाई व्यवसाय दर्ता प्रमाणपत्र तथा उक्त दहीको बिक्री बिल लिई तीन दिनभित्र उपस्थित हुन निर्देशन दिइएको विभागले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ