arrow

बालेनको प्रतिक्षामा !

नोकझोँकमै बित्यो प्रतिनिधि सभाको बुधबारको बैठक, विपक्षीले खोजे बालेन [३७ तस्बिरमा]

बिहीबार बालेनलाई झिकाउने वाचासँगै स्थगित भयो बैठक, आउलान् त ? के छ प्रतिनिधि सभा नियमावलीमा [पूर्णपाठ]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ३० बुधबार
parliament-83-1-30yyyy.jpg
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।

काठमाडौँ ।  विपक्षी दलहरूले सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री वालेन्द्र साह बालेनको अनिवार्य उपस्थितिको माग गर्दै सदन अवरुद्ध गरेपछि प्रतिनिधि सभाको बुधबारको बैठक प्रभावित भएको छ । 

बुधबारको बैठकमा विपक्षीको निरन्तरको अवरोध र नाराबाजीपछि सभामुख डोलप्रसाद अर्यालले कार्यसूचीमा रहेका केही कार्यक्रमहरू हटाउँदै नयाँ कार्यतालिका सार्वजनिक गरेका छन् । 

सभामुखले बुधबारको कार्यसूचीमा रहेका क्रम सङ्ख्या २ देखि ५ सम्मका सम्पूर्ण कार्यक्रमहरू हटाएको जानकारी गराए । विपक्षीको मागलाई मध्यनजर गर्दै सभामुखले राष्ट्रपतिद्वारा प्रस्तुत आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनहरू प्रस्तुत गर्ने, उक्त प्रस्तावमाथि छलफल गर्ने र प्रधानमन्त्रीले जवाफ दिने गरी बिहीबारको समय निर्धारण गरेका छन् ।

सभामुख अर्यालका अनुसार प्रतिनिधि सभा नियमावली २०७९ को नियम ३८ को उपनियम (१) बमोजिम बिहीबारका लागि सो कार्यतालिका तय गरिएको हो ।

दिनभरको तनाव र पटक-पटकको स्थगनपछि प्रतिनिधि सभाको अर्को बैठक बिहीबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको हो । 

विपक्षी दलहरूले बिहीबारको बैठकमा प्रधानमन्त्रीको भौतिक उपस्थिति नभए पुनः अवरोध गर्ने संकेत गरेका छन् ।

प्रधानमन्त्री भएपछि बालेनले राष्ट्रका नाममा अहिलेसम्म सम्बोधन गरेका छैनन् । संसदमा पनि उनले सम्बोधन गरेका छैनन् । 

चुनावका बेलामा हरेक रास्वपाका उम्मेदवारको नाममा मतदाताले बालेन सम्झेर मतदान गरेको बताएका थिए । तर बालेन भने आफैँले सम्बोधन गरिरहेका छैनन् । 

प्रतिपक्षमात्र हैन अहिले त रास्वपालाई मतदान गर्ने सबैले बालेनको स्वर सुन्न खोजिरहेका छन् । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई त बालेन संसदमा आएर नबोल्ने हो भने प्रधानमन्त्रीविहीन सरकार भनी घोषणा गर्न माग गरे । उनले पछि संसद नै बहिस्कार गरे । 

आपसमा रास्वपा र प्रतिपक्षका सांसदबीच नोकझोँक चलिरह्यो भने सभामुखले रेफ्रीको नभइ रास्वपाको सन्तुलन मिलाएजस्तो देखिन्थ्यो । 

बालेन भने तर्किरहेका छन् । गत सोमबार सरकारले तयार गरेको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले वाचन गरेका थिए । त्यो नीति तथा कार्यक्रम टेवल गर्न पनि प्रतिपक्षले बालेनलाई खोजिरहेका छन् ।

यद्यपि अर्थमन्त्री डा स्वर्णिम वाग्लेले टेवल गरेका छन् । प्रतिपक्ष दलहरूले भने बालेनलाई खोजिरहेका छन् । 

राष्ट्रपतिले वाचन गरिरहँदासमेत बीचमै कार्यक्रम छाडेर बाहिरिएका बालेनको चाला ठीक नभएको प्रतिक्रिया आइरहेको छ । राष्ट्रपतिले वाचन गर्दा अहिलेसम्म कुनै पनि प्रधानमन्त्री यसरी बाहिरिएका थिएनन् । 

बालेन बिमार भएको बताए पनि त्यस्तो हाउभाउ केही देखिँदैनथियो । उनी आफैँले कुनै प्रष्ट पारेका छैनन् । 

यसरी किन विधिको शासन मिच्न खोजिरहेका छन् भन्ने प्रश्न खडा भएको छ ।  

यता सभामुख डोलप्रसाद अर्यालले भने निरीहता देखाए । उनले प्रधानमन्त्रीलाई संसदमा आउनका लागि रुलिङ लगाउनै सकेनन् । बस् सम्वाद र सम्पर्क गर्छु भनेका छन् । 

सांसदहरू प्रतिनिधि सभाको नियमावलीसमेत पल्टाउँदै आपसमा चुनौती दिँदै थिए । के छ त नियमावलीमा ?

यस्तो छ पूर्णपाठः

 

parliament-83-1-30qqq (1).jpg
parliament-83-1-30qqq (2).jpg
parliament-83-1-30qqq (3).jpg
parliament-83-1-30qqq (4).jpg
parliament-83-1-30qqq (5).jpg
parliament-83-1-30qqq (6).jpg
parliament-83-1-30qqq (7).jpg
parliament-83-1-30qqq (8).jpg
parliament-83-1-30qqq (9).jpg
parliament-83-1-30qqq (10).jpg
parliament-83-1-30qqq (11).jpg
parliament-83-1-30qqq (12).jpg
parliament-83-1-30qqq (13).jpg
parliament-83-1-30qqq (14).jpg
parliament-83-1-30qqq (15).jpg
parliament-83-1-30qqq (16).jpg
parliament-83-1-30qqq (17).jpg
parliament-83-1-30qqq (18).jpg
parliament-83-1-30qqq (19).jpg
parliament-83-1-30qqq (20).jpg
parliament-83-1-30qqq (21).jpg
parliament-83-1-30qqq (22).jpg
parliament-83-1-30qqq (23).jpg
parliament-83-1-30qqq (24).jpg
parliament-83-1-30qqq (25).jpg
parliament-83-1-30qqq (26).jpg
parliament-83-1-30qqq (1).jpeg
parliament-83-1-30qqq (2).jpeg
parliament-83-1-30qqq (3).jpeg
parliament-83-1-30qqq (4).jpeg
parliament-83-1-30qqq (5).jpeg
parliament-83-1-30qqq (6).jpeg
parliament-83-1-30qqq (7).jpeg
parliament-83-1-30qqq (27).jpg
parliament-83-1-30qqq (28).jpg
parliament-83-1-30qqq (29).jpg
parliament-83-1-30qqq (30).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ