arrow

सुधन गुरुङबारे अध्ययन गर्न छानबिन समिति गठन

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ३१ बिहिबार
sudhan-gurung-parliament.jpeg
तस्बिर : फाइल

काठमाडौँ । सरकारले पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद सुधन गुरुङ्ग मन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानविन गर्न समिति गठन गरेको छ।
 
मन्त्रिपरिषद्को वैशाख २८ गतेको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारी अध्यक्ष, महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधीवक्ता अच्युतमणी नेउपाने सदस्य रहने गरी समिति गठन गर्ने निर्णय गरेको हो । 

प्रधानमन्त्री वालेन्द्र साह बालेनकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार समितिलाई प्रतिनिधिसभा सदस्य समेत रहेका पूर्व गृहमन्त्री गुरुङ्गका सम्बन्धमा सार्वजनिकरुपमा उठेका विषयमा सत्यतथ्य अध्ययन तथा छानविन गरी सरकारसमक्ष रायसुझावसहित १५ दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ