arrow

हत्या गरी पुरेको अवस्थामा युवतीको शव भेटियो

logo
प्रकाशित २०७३ फागुन २१ शनिबार
killing.jpg.jpeg
भक्तपुर । नगरकोट नगरपालिका–११ मुहान पोखरीमा पुरेको अवस्थामा एक युवतीको शव भेटिएको छ । अन्दाजी २० वर्षकी पहिचान खुल्न नसकेकी युवतीको पुरेको शवको हात देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक कृष्ण प्रसार्इंले जानकारी दिए । 
 
अपराध अनुसन्धान महाशाखाको टोलीले विशेष अनुसन्धान सुरु गरेको जानकारी दिँदै उनले युवतीको हत्या गरी शव त्यस स्थानमा ल्याएर फालेको हुन सक्ने बताए  । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ