arrow

वातावरण नबनाए निर्वाचन औचित्यहीनः नेता भटृराई

logo
प्रकाशित २०७३ फागुन २१ शनिबार
baburam-bhattarai.jpg.jpeg
जनकपुरधाम। नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले सरकारद्वारा घोषणा गरिएको निर्वाचन तिथि जनतालाई भ्रमित गर्ने षडयन्त्र भएको आरोप लगाएका छन् । 
 
नयाँ शक्ति पार्टीद्वारा शनिबार जनकपुरधाममा आयोजित नयाँ धु्रवीकरण सभामा बोल्दै भटृराईले मधेसी, जनजाति, आदिवासीलगायतकालाई निर्वाचनमा जाने वातावरण नबनाएसम्म निर्वाचनको कुरा औचित्यहीन भएको बताए । उनले सीमाङ्कनको टुङ्गो नलागेसम्म निर्वाचन असम्भव भएको प्रसङ्ग उल्लेख गरे। 
 
डा भट्टराईले नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) सत्ताको समीकरणका लागि उद्यत् देखिएको पनि बताए  । उनले विद्यमान समस्याको निकासका लागि सर्वदलीय सरकारको आवश्यकता छ भन्दै सत्ता लम्ब्याउने खेलप्रति सजग हुन सबैलाई आग्रह गरे। भटृराईले मधेसी जनताको राष्ट्रवादितामा शंका गर्न नसकिने पनि बताए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ