रेमिटेन्समा निर्भर अर्थतन्त्र टिक्दैन, कृषि क्षेत्रको सुदृढीकरण गरौँः गगन थापा [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ३ आइतबार
511
Shares
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रेमिटेन्समा निर्भर अर्थतन्त्र दीर्घकालीन रूपमा टिक्न नसक्ने बताएका छन्।
सानेपास्थित पार्टी कार्यालयमा आयोजित छलफल कार्यक्रममा बोल्दै उनले मुलुकलाई बाह्य अर्थतन्त्रसँग जोड्दै आन्तरिक उत्पादन र कृषि क्षेत्रलाई सुदृढ बनाउन आवश्यक रहेको बताए ।
थापाले रेमिटेन्समा मात्र निर्भर रहे देश निश्चित स्तरभन्दा माथि उठ्न नसक्ने उल्लेख गरे ।
उनले कृषि व्यवसायलाई आकर्षक बनाउन दीर्घकालीन ऋण सुविधाको आवश्यकता रहेको औँल्याउँदै १५ वर्षसम्मको कर्जा सुविधा उपलब्ध गराउनसके धेरैलाई वैदेशिक रोजगारीमा जानबाट रोक्न सकिने धारणा व्यक्त गरे ।
उनले आफ्नो बाख्रा पालन व्यवसायको उदाहरण दिँदै कृषि क्षेत्रमा लगानी र सम्भावना विस्तार गर्नुपर्ने बताए । “रेमिटेन्सको भरमा मात्रै पर्ने हो भने देश एउटा सर्टेन लेभलभन्दा माथि जानै सक्दैन,” उनले भने ।
थापाले कृषि व्यवसायमा दीर्घकालीन कर्जा व्यवस्था भए वैदेशिक रोजगारीको विकल्प सिर्जना गर्न सकिने उल्लेख गरे ।
उनले मुलुकको परिवर्तन नीतिमार्फत हुनुपर्नेमा जोड दिँदै आफू छलफल र बहसमा विश्वास गर्ने बताए ।