काठमाडौँ । मुलुकका प्रबुद्ध वर्गको साझा संस्था नेपाल विश्व सम्बन्ध परिषद्को अध्यक्षमा हेमन्त खरेल निर्वाचित भएका हुन्। नयाँ कार्य समितिका लागि शनिबार सम्पन्न निर्वाचनको गएराति अबेर सार्वजनिक भएको परिणामअनुसार वरिष्ठ अधिवक्ता विश्वकान्त मैनालीलाई आठ मतले पाखा लगाउँदै खरेल अध्यक्षमा निर्वाचित भएका हुन्।
नव निर्वाचित अध्यक्ष खरेलले एकसय ५० मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ । नागरिकस्तरमा स्थापना भएको देशका विद्वत् वर्गको सबैभन्दा पुरानो उक्त संस्थाको उपाध्यक्षमा उमेशबहादुर मल्ल, महासचिवमा असिम थापा, सचिवमा भुवन पाठक र कोषाध्यक्षमा रवीन्द्रनाथ भट्टराई निर्वाचित भएका थिए ।
यसैगरी परिषद् कार्यसमिति सदस्यमा जया शर्मा, विराज प्रधान, बिमल खड्का, रामदयाल राकेश, बुद्धिनारायण श्रेष्ठ र सुरेन्द्रप्रसाद चौधरी चुनिनुभएको छ । निर्वाचनमा सर्वाधिक मत सचिवका उम्मेदवार पाठकले दुईसय चार र सदस्यका प्रत्याशी श्रेष्ठले दुईसय तीन मत प्राप्त गरेका हुन् निर्वाचन समितिका संयोजक श्यामबहादुर केसीले बताए। रासस