काठमाडौं । काँग्रेसी प्राध्यापकहरुको निर्वाचनमा सचिव बाहेकका सबै पदाधिकारीको पदमा जगत तिमल्सिना पक्षीय प्यानलले विजय हाँसिल गरेको छ । आईतबार विहान सम्पन्न मतपरिणामबाट पदाधिकारीमा सचिव बाहेक सबै पद तिमल्सिनाको प्यानलले लगेको हो । सचिव पदमा भने प्रकाशसिंह प्रधान प्यानलका डा. विष्णुप्रसाद पोखरेल निर्वाचित भएका छन् ।
मत परिणाममा अध्यक्षमा तिमल्सिनाले ६ सय ८९ मत ल्याएका छन् । त्यस्तै, उपाध्यक्षमा ३ सय ९० मतका साथ प्रा. डा. पृथ्वी विक्रम राई विजयी भएका छन् । महासचिवमा सहप्राध्यापक राजेन्द्र गौतम, सचिवमा डा. पोखरेल विजयी भएका हुन् । अर्काे प्यानलबाट विजयी हुने एकमात्र उम्मेदवार बनेका पोखरेलले ४ जना उम्मेदवारलाई पछि पार्दै ५ सय ४० मतका साथ विजयी भएका हुन् ।
अन्य उम्मेदवारहरुको नामावली तल प्रस्तुत गरिएको छ :
