मधेस प्रदेशमा कांग्रेस नेतृत्वकै सरकारले निरन्तरता पाउँछ: सभापति थापा
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ६ बुधबार
513
Shares
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेस प्रदेशमा नेपाली कांग्रेसकै नेतृत्वमा रहेको वर्तमान सरकारले निरन्तरता पाउने दाबी गरेका छन्।
महोत्तरीको बर्दिबासमा आज आयोजित ‘नेपाली कांग्रेस प्रदेश र स्थानीय तह केन्द्रित मधेस प्रदेशस्तरीय भेला’ एवं ‘जरा अभियान’ लाई सम्बोधन गर्दै सभापति थापाले मधेस प्रदेश सरकारको नेतृत्वमा नेपाली कांग्रेसको निरन्तरता रहने स्पष्ट पारेका हुन्।
सम्बोधनका क्रममा सभापति थापाले कांग्रेस राजनीतिक सत्ताको खेलमा मात्र सीमित हुन नहुने बताउँदै पार्टी र नेताका हरेक गतिविधिलाई सामाजिक आन्दोलनसँग जोडेर अगाडि बढाउन आवश्यक रहेको उल्लेख गरे।
उनले पार्टीलाई जनताको सुख-दुःखको साथी बनाउन र तल्लो तहसम्म सङ्गठन सुदृढ गर्दै लैजान उपस्थित नेता तथा कार्यकर्ताहरूलाई निर्देशन समेत दिए।