arrow

पप्पु कन्ट्रक्सनका सञ्चालक रौनियारविरुद्ध पक्राउ पुर्जी

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ७ बिहिबार
sumit-rauniyear-pappu.jpg

पर्सा । समयमा काम सम्पन्न नगरेको भन्दै पप्पु कन्ट्रक्सन प्रालिका संचालक सुमित रौनियारको नाममा पक्राउ आदेश जारी भएको छ ।

विगोसम्बन्धी मुद्दामा दोषी ठहर भइ दुई वर्ष कैदको सजाय तोकिएका रौनियारलाई पक्राउ गरी उपस्थित गराउन पर्सा जिल्ला अदालतले प्रहरीको नाममा पक्राउ पुर्जी जारी गरेको हो ।

वीरगन्ज महानगरपालिका वडा नं १४ निवासी प्रमोद निर्माण सेवाका संचालन मनोज पटेलले दिएको विगोसम्बन्धी मुद्दामा दोषी ठहर भएका रौनियालाई पक्राउ गर्न पर्सा जिल्ला अदालतले गत वैशाख ३१ गते प्रहरीको नाममा आदेश जारी गरेको हो ।

आदेश जारी भएको सात दिन बित्दासमेत रौनियारलाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गर्न सकेको छैन ।

पर्सा जिल्ला अदलातले आदेश गरेको बिहीबार सात दिन वित्दासमेत प्रहरीले तदारुक्ता नदेखाएको कारण रौनियार पक्राउ हुन नसकेको प्रमोद निर्माण सेवाका संचालक पटेलले गुनासो गरे ।

रौनियार राजीतिक तथा आर्थिक रुपमा पहूँच राख्ने व्यक्ति भएकाले प्रहरी कसैको दबावमा पक्राउ नगरिएको हो कि भन्ने आशंका उनले व्यक्त गरे ।

यसै विषयमा जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतसँग बुझ्दा उनले जिल्ला अदालतको आदेशलाई कार्यान्वयन गर्न आवश्यक कदमहरू चालिएको जानकारी दिए ।

रौनियारलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालयको फैसला कार्यान्वयन टोलीलाई जिम्मा लगाइएको उनले बताए । फरार रहेका रौनियारलाई पक्राउ गर्नका लागि भौतिकदेखि प्रविधिक संयन्त्रलाई परिचालन गरिएको सूचना अधिकारी बस्नेतले दाबी गरे ।

सघन सहरी विकास र कार्यालयअन्तर्गत वीरगन्ज महानगरपालिकामा सडक तथा नाला निर्माण गर्न स्वच्छन्द, पप्पु, युनाइटेड जेभीले ठेक्का सरकार गरेका थिए ।

उक्त सडक तथा नाला निर्माणका क्रममा प्रमोद निर्माण सेवासंग डिट्टी बालुवा लगायतका निर्माण समाग्री लिएपनि सोको भुक्तानी नगरेको विषयमा निर्माण सेवाका संचालक मनोज पटेल जिल्ला अदालतमा विगो सम्बिध मुद्दा दर्ता गराएका थिए ।

उक्त मुद्दाको सुनुवाई गर्दै पर्सा जिल्ला अदालतले २०८० कात्तिक २० गते रौनियारलाई एक करोड १५ लाख ६५ हजार रुपैयाँ भुक्तानी गर्न आदेश दिएको थियो ।

आदलतले विगो बराबरको रकम वादीलाई भुक्तानी नभए रौनियलाई दुई वर्ष कैदको सजायसमेत उक्त फैसलामा अदालतले कायम गरेको निर्माण सेवाका संचालक पटेलले जानकारी दिए ।

पर्सा जिल्ला अदालतको फैसलाविरुद्ध रौनियारले उच्च अदलात जनकपुरको अस्थायी इजलास वीरगन्जमा पुनरावेदन गरेका थिए । रौनियाको पुनरावेदनलाई खारेज गर्दै इजलाले जिल्लाको फैसलालाई सदर गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ