arrow

स्वास्थ्यका १८ ' तालिवानी शैलीका ' कर्मचारीलाई मन्त्रालयले गर्‍यो कार्वाही

को को परे कार्वाहीमा ?

logo
प्रकाशित २०७३ फागुन २२ आइतबार
karbahi18-health.jpeg
काठमाडौं । स्वास्थ्य मन्त्रालयले पोलियो खोप अभियानमा अवरोध पुर्‍याउने १८ जना ' तालिवानी शैलीका ' कर्मचारीलाई कार्वाही गरेको छ । स्वास्थ्य मन्त्रालयले उनीहरुलाई स्पष्टीकरण काट्दै विभागीय  कार्वाहीको प्रक्रिया अगाडी बढाएको छ । विभागीय कारबाही अन्तर्गत मन्त्रालयले उनीहरुलार्इ निलम्बन गरेकाे छ । यसरी निलम्वित हुनेहरुमा ३ जिल्ला प्रमुखसहित १८ स्वास्थ्यकर्मी छन् । 
 
स्वास्थ्य मन्त्रालयका केहि कर्मचारीहरु अहिले स्वास्थ्य सेवालाई प्रभावित गर्नेगरि हड्तालमा रहेका छन् । स्वास्थ्य सेवा प्रभावित नहुने गरि आफ्ना माग राख्न आग्रह गरेपनि अटेर गरि प्रभावित गर्ने ' तालिवानी शैलीका ' कर्मचारीलाई मन्त्रालयले कार्वाही गर्दै सबैलाई काममा फर्कन भनेको छ । 
 
आइतवार नै गृह मन्त्रालयले पोलियो खोप अभियानमा अवरोध गर्नैलाई पक्राउ गरी प्रचलित कानून अनुसार थुन्ने आदेश दिएको छ । गृह मन्त्रालयले आईतबार जारी गरेको विज्ञप्तीमा निर्बाध रुपमा पोलियो अभियान सञ्चालन गर्न र अवरोध गर्ने गरी कुनै कार्य सञ्चालन गरिए त्यस्ता व्यक्तिलाई थुन्ने आदेश दिएको हो । 
 
स्वास्थ्यकर्मीहरुको अवरोधका कारण तराईका १२ र काठमाडौ उपत्यकाका ३ जिल्ला गरी १५ जिल्लामा यसअघि पनि हुन नसकेको पोलियो खोप कार्यक्रम रोक्न यसपटक पनि स्वास्थ्यकर्मीहरुको अबरोधका कारण यस अभियान सञ्चालनमा कठिनाई उत्पन्न भईरहेको बेलामा गृहले भने यस्तो आदेश गरेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ