arrow

एमालेको मेची-महाकाली अभियान सप्तरीमा, सुरक्षा व्यवस्था कडा

logo
प्रकाशित २०७३ फागुन २३ सोमबार
UML_mechi_mahakali.jpeg
काठमाडौं । एमालेको मेची महाकाली यात्रालाई लिएर सप्तरीको सुरक्षा ब्यवस्थालाई कडा बनाइएको छ । मेची महाकाली यात्राका क्रममा सोमबार सप्तरीमा अध्यक्ष के.पी. ओलीले सम्वोधन गर्ने कार्यक्रम रहेपनि मधेसी मोर्चाले भने एमालेलाई जिल्ला प्रवेशमा रोक लगाएको छ ।
 
बिहानैदेखि मधेशी मोर्चाका कार्यकर्ताले सडकमा टायर बालेर अवरोध गरिरहेका छन् । मोर्चा र एमाले कार्यकर्ताबीच तनावको स्थीति आउन सक्ने भन्दै प्रशासनले कार्यक्रम स्थान र सडक वरपर बाक्लो मात्रमा सुरक्षाकर्मी परिचालन गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
 
शनिबारदेखि सुरु भएको नेकपा एमालेको मेची महाकाली यात्राको तेस्रो दिन सोमबार सप्तरीमा कार्यक्रम गर्ने पूर्व निर्धारित कार्यक्रममा मधेशी मोर्चाका कार्यकर्ताले अवरोध गर्ने भएपछि एमालेले स्थान परिवर्तन गरी औद्योगिक क्षेत्र भित्र कार्यक्रम गर्न लागिरहेको छ । पार्टी अध्यक्ष ओली आउने बाट अवरोध गर्ने देखेपछि केपीओली पनि पूर्व निर्धारित बाटो परिवर्तन गरी राजमार्गकै बाटोबाट सीधै कार्यक्रम स्थलमा आउने कार्यतालिका तय भएको एमालेले जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ