arrow

प्रधानमन्त्रीले टेरेनन्, सभामुखले आश्वासन दिन छाडेनन् [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १२ मंगलबार
dolprasad-aryal-83-2-12t.jpg
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री वालेन्द्र साह बालेन संसद् बैठकमा उपस्थित हुने जानकारी गराउँदै बैठक सञ्चालनमा सहयोग गर्न विपक्षी दलहरुसँग आग्रह गरेका छन् । 
 
प्रतिनिधि सभाको मंगलबारको बैठक नियमित कार्यसूचीमा प्रवेश गर्नेबित्तिकै विपक्षी दलहरुले उठेर विरोध जनाएपछि सभामुखले सो आग्रह गरेका हुन् । बैठकमा सभामुख अर्यालले विपक्षी बेन्चमा रहेका सांसदहरुलाई आसन ग्रहण गरेर बैठकको कार्यसूची अघि बढाउन सहयोग गर्न आग्रह गरे । 

“सरकार र प्रधानमन्त्रीसँग मेरो छलफल भइरहेको छ, प्रधानमन्त्री सदनमा आउने तयारीमा हुनुहुन्छ, सदनमा छलफल भएको विषयमा प्रधानमन्त्री जानकार हुनुहन्छ”, उनले भने ।
 
सभामुखको आग्रहको बाबजुद प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहितका विपक्षी दलहरुले संसद्मा प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै विरोध जारी राखेका छन् । 

प्रतिनिधि सभाको आजको बैठक नियमित कार्यसूचीमा प्रवेश गर्नेबित्तिकै विपक्षी दलहरुले विरोध शुरू गरेका हुन् । योसँगै उनले १५ मिनेटका लागि भन्दै संसद बैठक नै स्थगित गरिदिए । 

विपक्षी दलहरूले सदनमा उपस्थित भएर आफ्ना दृष्टिकोण राख्न तथा आमजनतालाई उत्साहित बनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराए । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले सरकारबाट प्रतिपक्षको भूमिकालाई कमजोर बनाउने प्रयास भइरहेको अरोप लगाउँदै प्रतिपक्षको आवाज सुनेर साझा राष्ट्रिय ‘एजेन्डा’ स्थापित गर्न सुझाव दिइन् ।
 
नेपाल कम्युनिष्ट पार्टी एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले आकस्मिक, शून्य र विशेष समयमा उठेका प्रश्नको जवाफ दिएर सरकार सदनप्रति जवाफदेही हुनुपर्ने बताए । नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले विपक्षीको अवरोधका बीच सदनको कामकारबाही अघि बढाउनु उचित नहुने बताए ।
 
श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले प्रधानमन्त्रीले सदनमा उपस्थित भएर जनताको आवाज सुनिदिन आग्रह गरे । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सचेतक खुश्बू ओलीले लोकतन्त्रमा संवाद नै पहिलो सर्त भएको उल्लेख गर्दै प्रधानमन्त्रीलाई सदनमा उपस्थित भएर जनताको आवाज सुन्न अनुरोध गरिन् । 

उनले बालेनलाई दुई महिनाको कामको फेहरिस्त मागेर अप्ठेरो नपारिनेसमेत बताइन् । 

विपक्षी दलहरूले बालेनलाई संसदमा आएर सम्बोधन गर्न आग्रह गरे पनि उनी एक पटक पनि बोलेका छैनन् । यो संसदीय इतिहासकै अपमान भएको भन्दै प्रतिपक्ष दलका सांसदहरूले विरोध गरिरहेका हुन् । 

साथै सभामुखलेसमेत प्रधानमन्त्रीलाई संवोधन गर्नका लागि रुलिङसमेत गरेका छैनन् । यसले सभामुखको नियतमाथिसमेत गम्भीर प्रश्न खडा भएको विपक्षी सांसदहरूको आरोप छ । 

यसबाट स्पष्टै छ बालेनले संसदलाई टेरेका छैनन् भने सभामुखले आश्वासन दिन छाडेका छैनन् । 

बालेन पछिल्लो पटक राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम वाचन गर्ने दिनमात्र संसदमा उपस्थित भएका थिए । सो दिनमासमेत वाचन चलिरहँदा बीचमै उठेर बाहिरिएपछि बालेन झन् आलोचित बनेका छन् । उनले मर्यादासमेत पालना नगरेका हुन् । 

balen-protest-83-2-12qq (1).jpg
balen-protest-83-2-12qq (20).jpg
balen-protest-83-2-12qq (19).jpg
balen-protest-83-2-12qq (18).jpg
balen-protest-83-2-12qq (17).jpg
balen-protest-83-2-12qq (16).jpg
balen-protest-83-2-12qq (15).jpg
balen-protest-83-2-12qq (14).jpg
balen-protest-83-2-12qq (13).jpg
balen-protest-83-2-12qq (12).jpg
balen-protest-83-2-12qq (11).jpg
balen-protest-83-2-12qq (10).jpg
balen-protest-83-2-12qq (9).jpg
balen-protest-83-2-12qq (8).jpg
balen-protest-83-2-12qq (7).jpg
balen-protest-83-2-12qq (6).jpg
balen-protest-83-2-12qq (5).jpg
balen-protest-83-2-12qq (4).jpg
balen-protest-83-2-12qq (3).jpg
balen-protest-83-2-12qq (2).jpg
balen-protest-83-2-12qq (21).jpg
balen-protest-83-2-12qq (22).jpg
balen-protest-83-2-12qq (23).jpg
balen-protest-83-2-12qq (24).jpg
balen-protest-83-2-12qq (25).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ