arrow

बेलायती लाहुरेको छोरा बनेर फेसबुकमा ठगी !

logo
प्रकाशित २०७३ फागुन २३ सोमबार
facebook.jpeg
काठमाडौं ।  फेसबुकमा साथी बनाई ठगी गर्दै आएका तनहुँका युवकलाई प्रहरीले पक्राउ गरेको छ । तनहुँ पिपलटार बस्ने २७ वर्षीय मोहन बहादुर पाटामगरले फेसबुकमार्फत ठगीगदै आएका थिए । जिल्ला प्रहरी कार्यलय तनहुँका अनुसार पाटामगरले आफु सम्पन्न परिवारको भएको र आफ्नो बाबु बेलायतको लाहुरे रहेको भन्ने झुटा विवरण दिँदै महिलालाई फसाउने गरेको पाईएको छ ।
 
पोखराको रामबजारमा घर भएको काठमाडौंमा चल्ने दुर्इृवटा माईक्रो बस आफ्रने भएको भन्दै सीता गुरुङको ५० ग्रामको सिक्रीसहित लकेट, देवी मगरको एक तोला पचाँस ग्राम सुनको सिक्री र जमुना गुरुङको एकतोला पचहतर ग्रामको सुनको सिक्री ठगी गरेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाका विषयमा अझै अनुसन्धान भईरहेको जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ