arrow

सप्तरीमा ओली आउने पक्का भएपछि एमाले कार्यकर्ता पुगे कार्यक्रमस्थल

logo
प्रकाशित २०७३ फागुन २३ सोमबार
saptari.jpeg
काठमाडौं । ओली आउने पक्कापक्की भएपछि सप्तरीका स्थानीय एमालेका कार्यकर्ताहरु कार्यक्रम स्थलमा पुगेका छन् । सप्तरीबाट पत्रकार सञ्जिव विक्रम शाहले दिएको जानकारी अनुसार यस अघि तितरविरत भएर बसेका एमाले कार्यकर्ताहरु अहिले गजेन्द्र नारायण औद्योगिक क्षेत्र सप्तरीमा एकीकृत भएर बसिरहेका छन् । 
 
यद्यपि मधेशी मोर्चाका कार्यकर्ताहरुले भने विहानैदेखि सप्तरीको विभिन्न स्थानहरुमा प्रदर्शन गराउँदै आएका छन् । उनीहरुले अहिले पनि नाराबाजी गरिरहेका छन् । एमालेको कार्यक्रम हुने औद्योगिक क्षेत्रमा अहिले उच्च संख्यामा प्रहरी परिचालन गरिएको छ । 
 
अबको केही क्षणमा त्यहाँ कार्यक्रम सुरु हुने एमालेले जनाएको छ । सो कार्यक्रमका लागि इनरुवाबाट एमालेको टोली सप्तरी तर्फ हिँडिसकेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ