arrow

भुकम्पको दुर्इवर्ष पुग्न लाग्यो धादिङका पीडित पालबाट बल्ल टहरामा पुगे

logo
प्रकाशित २०७३ फागुन २३ सोमबार
bhukam.jpg.jpeg
दम्गाडे (धादिङ)। भूकम्प गएको २३ महिना पछि मात्र धादिङका भूकम्पपीडितले जस्ताको टहरामा बस्न पाएका छन् । धादिङको उत्तरी भेगस्थित री, लावा र तिप्लिङ गाविसका पीडितले जस्ताको टहरामा बस्न बाध्य भएका हुन् । 
 
भुकम्पपछि उक्त गाविसहरुमा पहिरोको जोखिम बढेसँगै यहाँका अधिकांश मानिस सदरमुकाममा पाल टाँगेर वस्दै आएका थिए। सदरमुकाममा बस्दा आफ्नो जग्गा हड्प्ने भन्दै जग्गा धनीले आफुलार्इ लखेटेको गुनासो री गाबिसका बुद्धसिह तामाङको छ। उनले भने “पहिरोको जोखिमका कारण गाउँमा बस्न नसकिने भएपछि सदरमुकामको सुरक्षित ठाउँमा बस्न थालेका थियौँ, सुकुम्बासीका नाममा जग्गा कब्जा गर्ने डरले स्थानीय जग्गाधनीले धेरैपटक हामीलाई जाउँ भने पनि जग्गा हड्प्दैनौँ भन्ने विश्वास दिलायौँ, अहिले धेरै पीडितले एक–दुई आना जग्गा किनेरै जस्ताको टहरा हालेर बसेका छौँ ।” 
 
सरकारले उपलब्ध गराएको पहिलो किस्ता बापतको ५० हजार पाएपनि जग्गा किन्न ऋण नै लिएका छन् हिमालमा बाँस र निगालोका डोका,नाङलो,थुन्से,डालो लगायत घरायसी प्रयोजनका सामग्री बुन्ने १७१ घरपरिवार आफ्नो थाकथलो छोडी सदरमुकाम आर्इबसेका छन्। भुकम्पले उनीहरुको रोजगारी समेत खोसेको छ। 
 
केहीले भने गणेश हिमालदेखि बाँस र निगालो ल्याएर परम्परागत पेसालाई निरन्तरता दिए पनि अधिकांशले ज्यामी काम गरेर हातमुख जोर्नु परेको स्थानीयवासी जुरी लामाले बताए। बिस्तापीत परिवारलार्इ राप्ती विकास समिति मकवानपुर, हेटौँडाले  अस्थार्इ आवास निर्माण गर्न  ८५ हजारका दरले सहयोग गरेको थियो । बल्लतल्ल ऋण खोजेर अलिकति जग्गा किनेपनि बिहान वेलुकाको मुख जोर्न अझै पिरलो छ ज्याला गरेर जीवन धान्न पनि सधैँ ज्याला गर्न पाइदैन दम्गाडे समितिकी अध्यक्ष उर्मिला तामाङ बताउँछिन। 
 
“हामीले सीपमूलक तालिम पाए स्वरोजगार गरी जग्गा किनेको ऋण तिर्ने थियौँ, थातथलो छोडेपछि सबै सामान किन्नुपर्ने भएकाले बालबच्चालाई पढाउन पनि अप्ठ्यारो भएको छ, आफैँ काम गरेर खान चाहनेलाई सरकारले बाटो देखाइदिनुप¥यो”– राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख गोविन्दराज पोखरेलले  धादिङ पुगेर भने “यहाँको समस्या जिल्लाले लेखी पठाएपछि प्राधिकरणले सम्बोधनका लागि नीतिगत निर्णय गर्नेछ, पीडितले स्थानअनुसार सम्पदा क्षेत्रमा एक आनामा पनि घर बनाउन पाउने गरी निर्णय भएको छ, यहाँको समस्या पनि केन्द्रमा पुगेपछि यसलाई समाधान गर्छौँ ।” 
 
अधिकृत पोखरेलले आइतबार नै बसेको जिल्ला दैवी प्रकोप उद्धार समिति धादिङको बैठकमा पनि  पीडितलाइ अन्य स्थानमा घडेरीका लागी सहयोग गर्ने प्रतिबद्ता जनाए।पहिलो किस्ता बुझिसकेका पीडितले एकीकृत बस्ती विकासमा जान चाहे प्राधिकरणले सडक, बत्ती, खानेपानीलगायत पूर्वाधारको व्यवस्था गरिदिने उनको भनार्इ थियो। राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई अन्य कामभन्दा पुनर्निर्माणमा प्राविधिक सहयोग दिनेतर्फ ध्यान केन्द्रित गर्न प्रमुख कार्यकारी अधिकृत पोखरेलले आह्वान गरे ।
 
 
विसं २०७२ वैशाख १२ गतेको भूकम्पले ४६ गाविस र एक नगरपालिका रहेको धादिङमा महिला ३८९, पुरुष २९१ गरी ६८० मानवीय क्षति भएको थियो । भूकम्पले गाविस भवन ११, स्वास्थ्य चौकी ४९, विद्यालय भवन ३१८ (कक्षा कोठा तीन हजार ९४), नगरपालिकाभित्रका सरकारी भवन ५१, नौ प्रहरी इकाई, नेपाली सेनाको एक गण र सशस्त्र प्रहरी बलको एउटा भवन एवम् दुई सय २८ सार्वजनिक मन्दिरमा क्षति पुगेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ