arrow

निहुँ खाेज्ने एमाले र मोर्चा, प्रहरीबाट कुटाई खाने चाहिँ काँग्रेस नेता !

logo
प्रकाशित २०७३ फागुन २३ सोमबार
UML-Saptari-Manch.jpeg
काठमाडौं । तराईमा जारी तनावकाबीच एमाले र मधेशी मोर्चाले एक अर्काप्रति आक्रामक रुपमा प्रस्तुत हुँदा त्यहाँको जनजीवन कष्टकर  बन्दै गएको छ । मेची महाकाली यात्रा अन्तर्गत् एमालेले सोमबार सप्तरीको राजविराजमा आयोगजना गरेको आम सभालाई विथोल्न मधेशी मोर्चाले गरेको बन्दका कारण जनजीवन प्रभावित भएको हो । 
 
सोही क्रममा एमालेले आयोजना गरेको कार्यक्रम स्थलमा ढुंगा हान्न गएका मधेशी मोर्चाका कार्यकर्ता र प्रहरीबीच दोहोरो झडडप भएको छ । पत्रकार सञ्जिव विक्रम शाहले दिएको जानकारी अनुसार मोर्चा र प्रहरीबीचको झडपका क्रममा ४ जना मोर्चाका कार्यकर्ताहरु घाईते भएका छन् भने प्रहरीले दुई दर्जन भन्दा बढीलाई पक्राउ गरेको छ । 
 
झडपपछि प्रहरीले भने दमन गर्न सुरु गरेको छ । पैदल यात्रा गरिरहेका मोर्चामा आवद्ध नरहेका व्यक्तिहरुलाई समेत प्रहरीले पक्रिएर कुटपिट गरेको छ । प्रहरीले सोमबार व्यक्तिगत कामका लागि अन्यत्र जाँदै गरेका काँग्रेसका महासमिति सदस्य उमेश मिश्र लगायतलाई कुटपिट गरेको छ । मिश्रसँगै केही अन्य काँग्रेसीलाई पनि प्रहरीले कुटपीट गरेको शाहले जानकारी दिए । 
 
त्यस्तै, प्रहरीले विद्यार्थी मञ्चका केन्द्रीय अध्यक्ष किशोर यादव, राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीका केन्द्रीय सदस्य दिनेश यादव लगायतलाई कुटपीट गरेको हो । प्रहरीले इट्टा व्यवसायी भीमराज यादव लगायत दुई दर्जन भन्दा बढीलाई पक्राउ गरेको छ । अहिले त्यहाँको स्थित तनावग्रस्त बनेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ