arrow

न्यायाधीश गिरीलाई निलम्बनको माग गर्दै रावल अनशन बस्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १४ बिहिबार
aarati-rawal-14-02.jpg

काठमाडौँ । मुद्दामा सफाई नपाउँदै भुवन गिरीलाई न्यायाधीशमा पुनर्वहाली गरिएको भन्दै पीडित आरती रावल आमरण अनशन बस्ने भएकी छन् ।

बिहीबार राजधानीको संवाद डबलीमा रावलले पत्रकार सम्मेलनको आयोजना गरी दार्चुला जिल्ला न्यायाधीश गिरीलाई तत्काल निलम्बनको मागसमेत गरेकी छन् ।

पीडित रावलले तीनै तहका अदालतमा निज गिरीविरुद्ध मुद्दा चलिरहेको बखत महान्यायाधीवक्ताको कार्यालयबाट मुद्दा नचल्ने निर्णय गराई उनलाई पुनर्वहाली गरिएको आरोप लगाइन् ।

सत्ता र शक्ति दुरुपयोग गरेर आफूले न्याय नपाउँदै पीडक गिरीलाई पुनर्वहाली गर्नु कानूनी राज्यको धज्जी उडाइको रावालको जिकिर छ ।

‘गैर कानूनी राजनीतिक नियुक्ति पाएका गिरीको सर्वोच्च अदालतमा बलात्कार मुद्दा विचाराधीन रहेकोले न्यायाधीश भुवन गिरीलाई तुरुन्त निलम्बन गरियोस्’, रावलले भनिन् ।

विगतका समयमा अदालतप्रति जनताको आश मर्दै गए पनि वर्तमान समयमा त्यसप्रति भरोसा बढ्दै गएको बताउँदै रावलले भनिन्, ‘बालेन सरकारले न्यायालयको शुद्धीकरणको संकेत दिएको हो भने भुवन गिरीलाई तत्काल निलम्बन गरेर देखाओस् । सर्वोच्च अदालत मेरा मिसिलका एकएक प्रमाण केलाएर मलाई न्याय गरियोस् ।’

विगतमा अदालत पनि शक्तिको प्रभावमा परेको आरोप लगाउँदै रावलले प्रश्न गर्दै भनिन्, ‘के न्यायाधीशलाई कानून लाग्दैन ? निष्पक्ष हुन्छ भनेको अदालतबाट अपराधी न्यायाधीशको संरक्षण किन ? तीनै तहका न्यायालयबाट सफाई नपाउँदै पुनर्वहाली किन ? नैतिकता आधारमा पनि उनी न्यायाधीश जस्तो पदमा बस्न मिल्छ ?’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ