arrow

[अपडेट] सप्तरी गोली काण्डका गम्भीर घार्इते मेहेताको निधन

logo
प्रकाशित २०७३ फागुन २३ सोमबार
Saptari-hamrakura.jpg.jpeg
काठमाडौं । सप्तरी गोली काण्डका गम्भीर घार्इते सञ्जन मेहेताको निधन भएको छ । नेकपा एमालेको मेची महाकाली अभियान अवरोध गर्न गएका मधेशी मोर्चाका कार्यकर्ता माथि प्रहरीले गोली चलाउँदा उनको निधन भएको हो । गम्भीर घार्इते मेहेताको निधन भएको सप्तरी प्रहरीले पुष्टी गरेको छ । सोमबार राजविराजबाट ३ किलोमिटर उत्तरुमा पर्ने औद्योगिक क्षेत्र नजिक गोली चलेको प्रहरीले जनाएको छ । 
 
निधन हुनेमा सञ्जन मेहेता रहेको राजविराजबाट पत्रकार सञ्जीव विक्रम शाहले जानकारी दिए । उनका अनुसार विहानैदेखि प्रदर्शन गर्दै आएका उनीहरुले प्रहरीको निषेधित धेरा तोड्न खोजेपछि गोली चलार्इएको हो । उनीसँगै दर्जन बढी कार्यकर्ता घार्इते भएको बतार्इएको छ । तर, प्रहरीले भने आधा दर्जन जति प्रदर्शनकारी घाइते भएको पुष्टि गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ