arrow

गोली चल्दैमा एमाले रोकिँदैन : झलनाथ

मधेशमा फेरि आन्दोलन चर्किने संकेत

logo
प्रकाशित २०७३ फागुन २३ सोमबार
madhesI_CPNUML.jpeg
काठमाडौं । एमालेले सञ्चालन गरेको मेची महाकाली अभियानको तेस्रोदिन सप्तरीको राजविराजमा गोली चल्दा एक प्रदर्शनकारीको ज्यान गएको छ । तर, यसरी एक प्रदर्शनकारीहरुको ज्यान गएपछि एमालेले अभियान रोक्ला त ? भन्ने चासो सबैमा बढेको छ । तर, एमाले नेताहरुले भने गोली चल्दैमा र मान्छे मर्दैमा एमालेको मेचीमहाकाली अभियान नरोकिने स्पष्ट पारेको छ । पार्टीका वरिष्ठनेता झलनाथ खनालले सोमबार साँझ हाम्राकुरासँग कुराकानी गर्दै यो घटना मधेशी मोर्चाले एमालेको कार्यक्रम विथोल्न गरेको प्रयासको परिणाम रहेको दाबी गरे । 
 
उनले यो घटनाबाट नेकपा एमाले निकै दुखित रहेको भन्दै आफ्नो एकताको लागि गरिएको अभियान भने नरोक्ने स्पष्ट पारे । ‘एमालेको यो अभियानलाई धर्तीको कुनैपनि शक्तिले रोक्न सक्दैन’ उनले भने ‘हामी मंगलबार सिराहा तिर जानेछौं र सुर्खेत पुगेपछि मात्रै हाम्रो अभियान रोकिने छ ।’ 
 
उता, मधेशी मोर्चाले भने यो घटनालाई गम्भीर रुपमा लिएको बताएको छ । सद्भावना पार्टीका नेता लक्ष्मणलाल कर्णले सोमबार कुराकानी गर्दै यो विषयले मोर्चा गम्भीर बनेको भन्दै राज्यलाई सीधै छातीमा गोली हान्ने अधिकार कसले दियो ? भनेर प्रश्न गरे । उनले मंगलबार बैठक बसेर थप निर्णय गरी मधेशका जनता फेरि उराल्ने चेतावनी पनि दिए । 
 
‘अब मधेशका जनता फेरि उर्लिन्छन्’ कर्णले भने ‘एमालेको लागि त मधेशी जनता मानिस नै होईनन् । एउटा आँप झर्यो भनेर पहिले पनि भनेकै हुन्। तर राज्यले समेत सीधै छातीमा किन हान्यो गोली ? यसमा मानव अधिकार आयोग केही बोल्छ कि बोल्दैन ? त्यो भने अझै हेर्न बाँकी छ।’ कर्णले जनकपुर बारा र पर्सा जिल्ला अझै सम्वेदनशील रहेको भन्दै हरेक जिल्लामा एकएक जना मान्छे मार्न अभियान चलाएको हो ? भन्दै प्रश्न गरे।  
 
नोट : गोली काण्ड लगत्तै मेची काली अभियान नरोकिने प्रतिक्रिया दिएका खनालले साँझ हाम्राकुराको कार्यालयमा फोन गरेर एमालेको आपतकालिन बैठकले  ३ दिन सम्म मेची काली अभियान स्थगित गर्ने निर्णय गरेको जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ