arrow

सप्तरीमा मधेशी युवाको ज्यान गएपछि एमाले मधेशमा रोकियो

logo
प्रकाशित २०७३ फागुन २३ सोमबार
UmlCPN_saptari.jpeg
काठमाडौं । नेकपा एमालेले सप्तरी घटनापछि आफ्नो मेची महाकाली अभियान तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको छ । सोमबार सप्तरीमा एक जनाको ज्यान जानेगरी प्रहरीले गोली चलाएपछि सोमबार साँझ बसेको एमालेको आपतकालीन बैठकले यस्तो निर्णय गरेको एमाले नेता झलनाथ खनालले हाम्राकुरालाई जानकारी दिए । 
 
उनले बैठक बस्नु अघि हाम्राकुरासँग कुरा गर्दै अभियान नरोकिने बताएका थिए । तर, आपतकालीन बैठकपछि यस्तो निर्णय भएको खनालले जानकारी दिएका हुन् । एमालेले यो घटनाले आफू दुखी भएको जनाएको छ । 
 
उता, मधेशी नेताहरु पनि सप्तरी घटनापछि छलफलमा व्यस्त छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ